कर्णालीमा बढ्दैछन् बाढी–पहिरोका घटना, तीन वर्षमा १२६ जनाको मृत्यु, नौं हजार बढी विस्थापित

सुर्खेत । कर्णालीमा वर्षेनी विपद्का घटनाको संख्या वृद्धि भईरहेको छ । विगत तीन आर्थिक वर्षको तथ्यांकलाई तुलना गर्ने हो भने यहाँ विपद्का घटनाहरुको संख्यामा उच्च वृद्धि भएको देखिन्छ ।

फाइल तस्विर ।

खासगरी पहिरोका कारण यहाँ वर्षेनी दर्जनौँ नागरिकले ज्यान गुमाईरहेका छन् भने करोडौंको मुल्यमा धनजनको क्षति भईरहेको छ ।२०७७/०७८ यता २०७९/०८० सम्ममा कर्णालीमा ६ सय ९८ स्थानमा पहिरो गएको देखिन्छ । यो संख्यामा पहिरोले मात्र कर्णालीका कुल तीन हजार एक सय ७२ वटा घरमा क्षति पु¥याएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको तथ्यांक छ ।

६ सय ९८ वटा पहिरोका कारण एक सय आठ जनाले ज्यान गुमाइसकेका छन् । यि घटनामा २१ जना वेपत्ता र एक सय ११ जना घाईते र नौं हजार पाँच सय ६१ जना विस्थापित भएको प्रहरीको तथ्यांक छ । विपद्का घटना मध्ये कर्णालीमा पहिरो मात्र प्रमुख समस्या भने होइन । आगलागी, बाढी, हिमपहिरो जस्ता विपद्का घटनाले समेत कर्णालीमा सयौं नागरिकको ज्यान लिएको छ ।

तर घटनाको संख्यात्मक तथ्यांक, मानवको क्षति र विस्थापितको संख्यात्मक आधारमा भने विपद्का अन्य घटनाको तुलनामा पहिरोले कर्णालीमा धेरै क्षति पु¥याएको देखिन्छ । २०७७/०७८ मा कर्णालीमा एक सय ३२ स्थानमा पहिरो गएको थियो । यि घटनाबाट ६ सय १२ वटा घरमा क्षति पुगे, ५१ जनाको मृत्यु, पाँच जना घाइते, ५५ जना घाईते भएको प्रहरीको तथ्यांक छ ।

२०७८/०७९ मा कर्णालीमा पहिरोको संख्या करिव ५३ प्रतिशतले वृद्धि भएको छ । यस आर्थिक वर्षमा दुई सय दुई वटा पहिरोका घटना भएका छन् । यि घटनामा १७ जनाको मृत्यु, २२ जना घाईते र तीन सय १३ विस्थापित भएका थिए । २०७९/०८० मा भने तीन सय ६४ वटा पहिरोका घटना घटेका छन् । यस आर्थिक वर्षमा दुई हजार तीन सय ६३ वटा घरमा पहिरोले क्षति पु¥याएको छ । २०७८/०७९ मा ४० जनाको मृत्यु, ३४ जना घाईते, १६ जना वेपत्ता र आठ हजार ५८ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

विगत तीन आर्थिक वर्षमा कर्णालीमा कुल एक सय १० वटा बाढीका घटनाले क्षति पु¥याएको छ  । बाढीका कारण तीन आर्थिक वर्षमा तीन सय नौं वटा घरमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । बाढीका कारण १८ जनाले ज्यान गुमाएका छन् भने आठ जना घाईते भएको प्रहरीको तथ्यांक छ । त्यसैगरी १० जना वेपत्ता र एक सय ३१ जना विस्थापित भएको देखिन्छ ।

जोखिममा कालीकोट

जिल्लागत रुपमा हेर्दा कालीकोट उच्च जोखिममा देखिन्छ । यस जिल्लामा विगत तीन आर्थिक वर्ष यता चार सय १४ वटा विपद्का घटना घटेका थिए । यि घटनामा परी कालीकोटमा ७६ जनाको मृत्यु र ३२ जना वेपत्ता भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । त्यसैगरी एक हजार नौं सय ७६ वटा घरमा क्षति र सात हजार नौं सय ३६ जना नागरिक विस्थापित भएका छन् । विपद्का सबैखाले घटनाहरुमा परी कर्णालीमा कुल दुई सय २५ जनाले ज्यान गुमाएका छन् ।

जिल्लागत रुपमा हेर्दा सुर्खेतमा १२, जाजरकोटमा १६, सल्यानमा १२, दैलेखमा २२, रुकुम पश्चिममा १६, जुम्लामा २९, मुगुमा २०, डोल्पामा आड र हुम्लामा १४ जनाले विपद्का कारण ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । त्यसैगरी सुर्खेत, रुकुम पश्चिम, डोल्पा र जुम्लामा तीन÷तीन जना विपद्मा परी वेपत्ता छन् ।

सल्यानमा दुई जना, दैलेखमा एक जना र हुम्लामा चार जना वेपत्ता भएका थिए । विगत तीन आर्थिक वर्ष यता विपद्का कारण कर्णालीमा २२ हजार सात सय ५० जना नागरिक विस्थापित भएका छन् । जसमध्ये नौं हजार ६ सय ९२ जना नागरिक बाढी–पहिरोबाट विस्थापित भएको देखिन्छ ।

एक सय ८१ जनालाई बीमा रकम

विगत तीन आर्थिक वर्ष यता कर्णालीका एक सय ८१ घर परिवारले विपद् दुर्घटना बीमा भुक्तानी दिइएको छ । प्राकृतिक जोखिम दुर्घटना बीमामार्फत २०७७/०७८ मा ५९ जना र २०७८/०७९ मा ५८ जनाले विपद् दुर्घटना वापतको रकम भुक्तानी गरिएको हो । २०७९/०८० मा भने ६४ जनालाई विपद् दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ ।

२०७९/०८० मा भुक्तानी गरिएका मध्येका केहिको कागजपत्र अपुग भएका कारण रोकिएको भने पनि कागजपत्र ल्याउनासाथ भुक्तानी हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए । यसअघि २०७६ मै कर्णाली प्रदेश सरकारले विपद् जोखिम विरुद्ध कर्णालीवासीहरुको सामुहिक दुर्घटना बीमा गरेको थियो । प्राकृतिक विपद्मा कर्णाली प्रदेश उच्च जोखिमा रहेको र पटक पटक ठुलो क्षति व्यहोरेकाले बीमा कार्यक्रम संचालनमा ल्याईएको हो ।

३५ हजार बढी नागरिक प्रभावित हुने

२०८०/०८१ मा कर्णालीमा विपद्बाट ३५ हजार तीन सय ३३ जना प्रभावित हुने आंकलन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले बताए । यस आंकलन अनुसार विपद्पूर्व र विपद्पछिको खोज उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको उनले बताए ।

यसका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारीका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना, २०८० समेत तयार गरिसकेको छ ।विपद्पूर्व विभिन्न खालका जननेता जगाउने तथा विपद्पछि खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीन वटै सुरक्षा निकाय तथा रेडक्रसको उद्धार टोली हेलिकोप्टरसहित तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

कर्णालीमा बढ्दैछन् बाढी–पहिरोका घटना, तीन वर्षमा १२६ जनाको मृत्यु, नौं हजार बढी विस्थापित

YUGAAWHAN NATIONAL DAILY (2080-04-09)

कर्णालीमा बढ्दैछन् बाढी–पहिरोका घटना, तीन वर्षमा १२६ जनाको मृत्यु, नौं हजार बढी विस्थापित

लेखापढी व्यवसायीको दररेटमा छानविन हुनुपर्छ !

Leave a comment

Your email address will not be published. Required fields are marked *