असारे विकास, १७ दिनमा मात्र दुई अर्व ५४ करोड खर्च

सुर्खेत । असार महिनामा मात्र कर्णाली प्रदेश सरकारले दुई अर्व ५४ करोड बढी बजेट खर्च गरेको छ । असार महिनाको १७ गते (१७ दिन) सम्ममा मात्र कर्णाली प्रदेश सरकारले दुई अर्व ५४ करोड ३६ लाख ५९ हजार आठ सय ३२ रुपैयाँ ३१ पैसा बजेट खर्च गरेको हो ।

यसअघि जेष्ठ मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले कुल बजेट मध्ये १३ अर्व नौं करोड ६६ लाख १७ हजार आठ सय ३२ रुपैयाँ ६२ पैसा खर्च गरेको थियो । हाल असार १७ गतेसम्ममा कर्णालीको प्रदेश सरकारको कुल बजेटबाट १५ अर्व ६४ करोड दुई लाख ७७ हजार ६ सय ६४ रुपैयाँ ९३ पैसा बजेट खर्च पुगेको छ ।

असारको महिनामा मात्र सबैभन्दा धेरै रकम भुक्तानी गर्नेमा भौतिक पूर्वाधार विकास मन्त्रालय छ । यस मन्त्रालयले असार महिनाको १७ दिनमा मात्र ६५ करोड ४४ लाख ९८ हजार नौं सय ३० रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ५३ करोड ९६ लाख ९३ हजार ६ सय ७९ रुपैयाँ बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले २५ करोड ७४ लाख ७६ हजार चार सय १६ रुपैयाँ भुक्तानी दिएको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतले जनाएको छ । कृषि तर्फ पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २३ करोड १५ लाख पाँच हजार पाँच सय ७७ रुपैयाँ भुक्तानी दिएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मिलनकुमार शर्माले जानकारी दिए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० करोड ९२ लाख ६१ हजार चार सय ७८ रुपैयाँ भुक्तानी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई करोड २२ लाख ९० हजार नौं सय ८७ रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयले एक करोड, १४ लाख ४३ हजार ३७ रुपैयाँ भुक्तानी दिएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले भने असार महिनाको १७ दिनमा ४३ लाख ३८ हजार तीन सय ३५ रुपैयाँ भुक्तानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत शर्माले जानकारी दिए ।

प्रदेशले स्थानीय तहहरुलाई पठाएको बजेटबाट असार महिनाको १७ दिनसम्ममा कुल ६९ करोड ७५ लाख २९ हजार पाँच सय ६४ रुपैयाँ बजेट खर्च भएको छ । प्रदेश व्यवस्थापिकाले ९३ लाख ४१ हजार पाँच सय ९२ रुपैयाँ, प्रदेश लोक सेवा आयोगले ३४ लाख ४६ हजार एक सय ५५ रुपैयाँ, मुख्य न्यायाधिवक्ताको कार्यालयले ११ लाख ११ हजार सात सय ८४ रुपैयाँ र कर्णाली प्रदेश योजना आयोगले १७ लाख २२ हजार दुई सय ९१ रुपैयाँ खर्च गरेका छन् ।

एक साता बाँकी हुँदासम्म आधा बजेट पनि खर्च भएन

आर्थिक वर्ष २०७९/०८० का लागि असार २४ गते आर्थिक कारोवारको अन्तिम दिन हो । असार २४ गतेका दिनसम्म मात्र सरकारी कार्यालयले खर्च भुक्तानीको चेक काट्न पाउँछन् । आर्थिक वर्षको अन्तिम एक सातामा आईपुग्दा कर्णालीमा हालसम्म ४७ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारले ३२ अर्व ७५ करोड ४९ लाख ९३ हजार नौं सय ५५ रुपैयाँ बजेट विनियोजन गरेको थियो । असार १७ गतेसम्म आईपुग्दा प्रदेश सरकारले कुल बजेटबाट १५ अर्व ६४ करोड दुई लाख ७७ हजार ६ सय ६४ रुपैयाँ खर्च गरेको छ । कुल बजेटको १७ अर्व ११ करोड रुपैयाँ बढि बजेट खर्च हुन बाँकी नै छ ।

प्रदेश सरकारले चालु तर्फ ५६ दशमलव ७५ प्रतिशत अर्थात सात अर्व ४२ करोड ६२ लाख ५८ हजार चार सय ६ रुपैयाँ बजेट खर्च गरेको छ । त्यसैगरी पूजिँगत तर्फ भने ४१ दशमलव ७६ प्रतिशत अर्थात आठ अर्व २१ करोड ४० लाख १९ हजार दुई सय ५७ रुपैयाँ बनेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

असारे विकास, १७ दिनमा मात्र दुई अर्व ५४ करोड खर्च

बार्षिकोत्सवको अवसरमा रक्तदान

असारे विकास, १७ दिनमा मात्र दुई अर्व ५४ करोड खर्च

बीमा बेथितिका दोषिलाई कानूनी दायरामा ल्याऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *