जग्गादाता खोज्दै वडा कार्यालय

दिलिप ढकाल

सुर्खेत। गुर्भाकोट नगरपालिकाको ६ नम्बर वडा कार्यालयले प्रशासनिक भवन निर्माणका लागि जग्गादाताको खोजि गरेको छ ।अघिल्लो कार्यकालमा भवन बनाउनका लागि जग्गा उपलब्ध हुन नसक्दा वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । विगतमा जग्गा नपाईने र पाएपनि विविध कारणले सहमती नजुट्दा वडा कार्यालय भाडाको घरमा राख्नु परेको निर्वतमा वडाध्यक्ष धनिराम जैसीले बताए । ‘मेरो कार्यकालमा वडाको भवन निर्माणको लागि थुप्रै प्रयास गरेँ, तर सहमति नहुदा बनाउन सकिन’, जैसीले भने, ‘मभन्दा पछि निर्वाचित भएर आउनु भएका हालका वडाअध्यक्ष गोबिन्द वलीले हर प्रयास गर्नु भएको छ, सहमतिको लागी, सायद उहाँको कार्यकालमा वडाले आफ्नै भवनबाट सेवा दिनेछ ।’


वडा कार्यालयले जेष्ठ ३१ गते एक सूचना जारि गर्दै वडा कार्यालय भवन निर्माणको लागि जग्गादाताको खोजि सुरु गरेको छ । वडाद्वारा जारी सूचनामा जग्गा दान गर्न चाहनेले १५ दिनभित्र वडा कर्यालयमा निवेदन दिन भनिएको छ । ६ नम्रवर वडाको पूर्वमा सार्किमारे खोला, पश्चिममा मेला लाग्ने चौर, उत्तरमा कट्बङ्गे चौर र दक्षिणमा सिंचाई ड्याम भित्र पर्ने ३-०-०-० क्षेत्रफल भएको र कम्तिमा ८ मिटर सडकले छोएको जग्गा दान गर्न चाहनेले जग्गा दान आशयको निवेदन, जग्गाको लालपुर्जाको प्रतिलिपि र जग्गा धनीको नागरिकताको प्रतिलिपिसहितका कागजात पेश गर्न वडाले भनेको छ ।

जग्गादाता खोज्दै वडा कार्यालय

कर्णाली सरकारकाे बजेट : ३३ अर्ब ३७

जग्गादाता खोज्दै वडा कार्यालय

५८ प्रतिशत बजेट पूर्वाधार विकासमा

Leave a comment

Your email address will not be published. Required fields are marked *