निःशुल्क एम्बुलेन्स सेवा

दैलेख । दैलेखको नारायण नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बिहीवार बसेको कार्यपालिका बैठकले नगरपालिकाभित्रका गर्भवतीलाई छिटो सेवा दिने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने निणर्य गरिएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताए ।

‘हामीले स्थानीय तहको निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताअनुसार क्रमशः काम गर्दै गएका छौँ, निर्वाचित भएको करिब एक वर्षभित्र चुनावी ‘वाचा’अनुसार खानेपानीमा न्यूनतम शुल्क मिनाहा भएको छ । नागरिकको घरटोलमा स्वास्थ्य सेवा पुर्‍याएका छौँ । गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ’, नगरप्रमुख शर्माले भने ।
नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य अधिकृत लालबहादुर खड्काले नगरपालिकाले सुचारु गरेको गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवाले नव मातृ मृत्युदर घटाउनमा सहयोग पुर्‍याउने बताए । उनले वडामा रहेका बर्थिङ सेन्टरमा उपचार सम्भव नभएका गर्भवती/सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा निकै प्रभावकारी हुने बताए ।

निःशुल्क एम्बुलेन्स सेवा

भुईमा बसेर पढ्छन् विद्यार्थी

निःशुल्क एम्बुलेन्स सेवा

अटेरी विद्यालयलाई कारवाही गर !

Leave a comment

Your email address will not be published. Required fields are marked *