जडिबुटी मिसाएको खानेकुरा खाँदा जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी

जुम्ला,८ माघ ।

चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्री हुन् ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरुलाई तत्कालै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि स्थानीय भैरबहादुर धरालाले बताए । उनले गेडागुडीमा हालिएको जडिबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य ३ जना होसमा आइसकेका छन् । उनीहरुको आईसियुमा राखेर उपचार भइरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

कान्तिपुर 

जडिबुटी मिसाएको खानेकुरा खाँदा जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी

छोरीको खातामा बचत शून्य

जडिबुटी मिसाएको खानेकुरा खाँदा जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी

सुर्खेत सडक दुर्घटना : चार सहपाठी सँगै

Leave a comment

Your email address will not be published. Required fields are marked *