२०८३ आश्विन १ गते
×

Now Playing

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्यौं : कोइराला

काठमाडौँ ,८ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् ।

काठमाडौंमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताएका छन् । ’हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती ग¥यौं,’ उनले भने, ’तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन ।’

बहुमतको निर्णय मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा बाध्यतामा पारेको बताएका हुन् । ’बहुमतको निर्यण मान्नुपर्ने बाध्यता भयो । विश्वासको मत दिन हुन्थेन,’ उनले भने ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको कोइराला समूहले छलफल गरिरहेको छ । कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो ।

कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुस १० मा दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका थिए । सोही दिन उनी प्रधानमन्त्री नियुक्त भएका थिए । पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत मागेका दाहालले कांग्रेसको पनि विश्वास पाएका थिए ।

दाहालको विपक्षमा जम्मा २ मत परेको थियो । उनलाई २६८ सांसदले विश्वासको मत दिएका थिए । कांग्रेसले विश्वासको मत दिएपछि उसको स्थान सत्तापक्षमा हो कि प्रतिपक्षमा भन्ने प्रश्न उठेको छ ।

कान्तिपुर 

एमबीबीएस पढाउँदै पातारासी

Leave a comment

Your email address will not be published. Required fields are marked *