चौकुने र पञ्चपुरीका ४५९ घरपरिवारलाई लालपुर्जा दिइँदै (नामावलीसहित)

सुर्खेत, २० भदौं ।
चौकुने गाउँपालिका वडा नं. १० का ३७६ घरपरिवार, पञ्चपुरी नगरपालिका वडा नं. ५ का ५५ घरपरिवार, पञ्चपुरी नगरपालिका वडा नं. ४ का २८ घरपरिवार गरी कुल ४५९ घरपरिवारलाई जग्गाधनीलाई स्थायी जग्गा दर्ता प्रमाण पत्र (लालपुर्जा) दिने प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले मिति २०७९ भदौं ८ गते सार्वजनिक सूचना प्रकाशित गरेको छ । थप वा पुरक प्रमाण तथा कागजातहरु पेश गर्ने कुनै दावि, विरोध वा उजुरी सम्बन्धि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए ।

राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा २० बमोजिम यस अघि भूमि सम्बन्धि समस्या समाधान गर्ने सम्बन्धमा प्रचलित कानुन बमोजिम नेपाल सरकारले गठन गरेका आयोग, समिति वा कार्यदलबाट काम शुरु भई सम्पन्न हुन बाँकी रहेका काम वा भएका निर्णयको कार्यान्वयन आयोगले सुरु गरेको छ ।

विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि–२०७८ को दफा ४ को उपदफा(३)बाँकी काम सम्पन्न गर्ने प्रयोजनका लाग विघठित भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिमा निवेदन दिइसकेको भए सोको विबरण सार्बजनिक गरी त्यस्ता निवेदकहरुबाट आवश्यक थप वा पूरक प्रमाण तथा कागजातहरु पेश गर्न र कुनै दावि विरोध वा उजुर गर्नुपर्ने भएमा सोका लागि जिल्ला समितिले कम्तिमा ३५ (पैंतिस) दिनको म्याद दिइ सूचना प्रकाशन गर्नुपर्ने ब्यवस्था भएकोले रा.भू.आ जिल्ला समितिको मिति २०७९-०५-०८ को निर्णय अनुसार पञ्चपुरी नगरपालिका वडा न. ४ र ५, चौकुने गाउँपालिका १० का कुल ४५९ घरपरिवारको नामावली प्रकाशित गरिएको छ ।

उक्त नामावलीहरुमा थप वा पुरक प्रमाण पेश गर्नुपर्ने भएमा वा पेश गर्न र कुनै दावि विरोध वा उजुरी गर्नुपर्ने भएमा यस आयोगको जिल्ला समिति सुर्खेतमा पैंतिस(३५) दिन भित्र सवुत प्रमाणसहित पेश गर्नु होला अन्यथा नियमानुसार भैजाने ब्यहोराको सूचना प्रकाशित गरिएको छ ।

चाैकुने गाउँपालिका वडा न‍ १० का ३७६ घरपरिवारकाे नामावमली

पञ्चपुरी नगरपालिका वडा न ४ का २८ घरपरिवारकाे नामावली

पञ्चपुरी नगरपालिका वडा न ५ का ५५ घरपरिवारकाे नामावली

 

 

चौकुने र पञ्चपुरीका ४५९ घरपरिवारलाई लालपुर्जा दिइँदै (नामावलीसहित)

सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा बुढाथोकी

चौकुने र पञ्चपुरीका ४५९ घरपरिवारलाई लालपुर्जा दिइँदै (नामावलीसहित)

कानून विषयमा कर्णालीको उत्कृष्ट बन्यो सिद्धपाईला

Leave a comment

Your email address will not be published. Required fields are marked *