देशभर ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडाै २० साउन ।
पछिल्लो २४ घन्टामा देशभर ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९१२ जनामा संक्रमण पुष्टि भएको हो।

६ हजार ४९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ९४१ जनाको पिसिआर र तीन हजार ५५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
अहिले देशभर ५७६० जना सक्रिय संक्रमित छन् । ३७० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।





