वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेत २० साउन ।

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार दिउँसो साढे १ बजेको समयमा वीरेन्द्रनगर–७ गुरुङचोकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख नौमुले गाँउपालिका–२ जीवनकुमार सिंह र उनको श्रीमती बिमला बुढाक्षेत्री रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको सयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो। वीरेन्द्रनगर नगरपालिका–७ मा कोठा भाडामा बस्दै आएका उनिहरुलाई पक्राउको लागि प्रहरी कोठामै पुगेको थियो।

बिमला बसिरहेको अवस्थामा चेक जाँच गर्दा उनको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पोका प्रहरीले फेला पारी नियन्त्रणमा लगिएको प्रहरीको भनाई रहेको छ।

वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

कर्णाली सरकारले गर्याे १६ किलोमिटर सडक कालोपत्रे

Leave a comment

Your email address will not be published. Required fields are marked *