पूर्व माओवादीका सबै मन्त्री प्रचण्ड निवासमा, दल विभाजन अध्यादेश आउँदै

सुर्खेत, ८ बैशाख ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन् । माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन् । आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री बर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए। ‘सबै मन्त्रीहरुलाई प्रचण्डले निवासमा डाक्नु भएको छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्बाट राजीनामा दिने निर्णय हुन सक्छ ।’

दल विभाजन अध्यादेश आउँदै
सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या र्पुयाउनुपर्ने प्रावधान छ । अब त्यसमा के के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताए ।

पूर्व माओवादीका सबै मन्त्री प्रचण्ड निवासमा, दल विभाजन अध्यादेश आउँदै

मुख्यमन्त्रीलाई चिठ्ठी

पूर्व माओवादीका सबै मन्त्री प्रचण्ड निवासमा, दल विभाजन अध्यादेश आउँदै

मुख्यमन्त्रीको १० जिसस प्रमुखसंग मिटिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *