बौद्ध ग्रामीणको बि.जि. एकेडेमी स्कुल उद्घाटन

सुर्खेत, २१ जेष्ठ ।
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.ले सेयर सदस्यहरुका छोराछोरीलाई उच्च शिक्षासम्म गुणस्तरिय र सर्वशुलब शिक्षा प्रदान गर्ने उद्देश्यले सहकारी विद्यालय सञ्चालन गरेको छ ।

सहकारी संस्था लि. द्वारा सञ्चालित बि.जि. एकेडेमी एण्ड रिर्सच सेन्टरको उद्घाटन संस्थाका अध्यक्ष सिंह बहादुर गरुङ्गको अध्यक्षता र भूमी व्यवस्था तथा सहकारी रजिष्टारको कार्यालयका रजिष्टार खुम प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको छ ।

संस्थाले वित्तिय कारोवार संगै डेरी उद्योग, पानी उद्योग, सित भण्डार, कृषि फर्म, भैसी फर्म जस्ता बहुउद्देश्यीय विभिन्न क्षेत्रहरुमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्दै आईरहेको छ ।

संस्थाले शेयर सदस्यका छोराछोरी तथा संस्थाको कार्यक्षेत्र भित्रका निम्न तथा मध्यम स्तरका स्थानीय विद्यार्थी भाई बहिनीहरुलाई सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राखी संस्थाले शिक्षा क्षेत्रमा पनि पाईला अघि बढाएको छ ।

२०५७ जेष्ठ १२ गते सुर्खेतको लाटीकोईलीमा स्थापना भएको सहकारीले सुर्खेत, दैलेख, जाजरकोट र जुम्लाका गरी चार जिल्लाका करिब ६२ हजार सदस्यहरुलाई वित्तिय सुविधा उपलब्ध गराउँदै आईरहेको छ ।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रिषी गिरीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु, स्कुलमा भर्ना भएका बालबालिका र अविभावक तथा संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बौद्ध ग्रामीणको बि.जि. एकेडेमी स्कुल उद्घाटन

नलगाडको एक विद्यालय तोडफोड, संग्लन दुई जना

बौद्ध ग्रामीणको बि.जि. एकेडेमी स्कुल उद्घाटन

नेपाल ओमानसँग २–० ले पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *