कर्णालीमा पुस्तक ढुवानी प्रभावित

मुगु, १७ जेठ ।

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दा समेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो ।

कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको जनाएको छ ।

केन्द्रको सुर्खेतस्थित प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक उपलब्ध गराए पनि स्थानीय तहले खरिदमा बेवास्ता गरेको बताए । उनका अनुसार मुगुका लागि रु २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ । तर खरिद प्रक्रियामा मुुगुका सबै स्थानीय तह र विद्यालयहरुले कुनै चासो दिएका छैनन् ।

कर्णालीका डोल्पा, सल्यान,रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट ढुवानी भइरहेको छ । यी जिल्लामा नेपालगञ्ज ढुवानी थालिएको छ । नेपालगञ्जबाट पायक पर्ने भएकाले ढुवानीको प्रक्रिया अघि बढिसकेको छ ।

कतिपय जिल्लामा पुगिसकेको छ भने केही पुस्तक बाटोमै छन् । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले भने, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पठाइएको छ ।

जनक शिक्षाका अनुसार कालीकोटमा तीन हजार सेट, दैलेखमा चार हजार ५०० सेट, जाजरकोटमा चार हजार सेट, सुर्खेतमा चार हजार सेट, जुम्लामा दुई हजार ५०० सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउने बित्तिकै पठाइने प्रादेशिक कार्यालयले जनाएको छ ।

कर्णालीमा कक्षा ८ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको छपाइ कम हुँदा अभाव रहेको बताइएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताए ।

पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गरेको उनको भनाइ छ । यसैबीच समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको छ ।

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

मुगुको छायानाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *