वृद्धभत्ता एमालेको ‘ब्राण्ड’ : सुरेन्द्र पाण्डे

काठमाडौ । एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बृद्ध भत्ता एमालेको ‘ब्राण्ड’ भएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बजेटमाथिको छलफलफमा बोल्ने क्रममा पाण्डेले यस्तो बताएका हुन् ।
‘वृद्धभत्तालाई ६८ मा झार्नु भयो,’ उनले भने, ‘वृद्धभत्ता जतिसुकै कुरा गरेपछि यो एमालेको ब्रान्डिङ हो । तपाई ६८ मा झार्नुहोस् ५८ मा झार्नुहोस् केही फरक पर्दैन ।’
उनले जनयुद्धमा र राष्ट्रिय मेलमिलापमा एमालेको दाबी नपुगेजस्तै वृद्धभत्तामा अरुको दाबी नपुग्ने बताए । ‘जसरी जनयुद्धमा हाम्रो दाबी पुग्दैन । राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, कांग्रेसको पुग्छ ।
ठिक त्यसै गरी वृद्धभत्तामा जे गर्नुहोस् त्यो एमालेकै हुन्छ । एमालेलाई नै मान्छेले ताली ठोक्छन् ।’






