माओवादीको चिङ्गाडमा कार्यकर्ता भेला

गोपाल शर्मा
सुर्खेत, १७ चैत्र ।
नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँपालिका कमिटीको आयोजनामा कार्यकर्ता भेला विहिबार चिङ्गाडको पुङ्गखेतमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज झक्क बहादुर मल्लले माओवादी पार्टी देशको परिवर्तनकारी पार्टी भएकाले जनताको माया र साथ विगतदेखी नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सत्ता गठबन्धन बनेपनि नबनेपछि माओवादी पार्टी आफ्नै खुट्टामा उभिएर आउँदो निर्वाचनमा शक्ति परिक्षण गर्न तयार छ ।’ ‘कसैको आर्शिवाद भन्दापनि देश, परिस्थिति र केपि प्रविधिको विरुद्धमा राष्ट्रिय आवश्यकताका आधारमा सत्ता गठबन्धन र चुनावी गठबन्धन बन्दैजान्छ ।’

सोही प्रशिक्षणमा बोल्दै कर्णाली प्रदेश सरकार वन तथा पर्यटन मन्त्री छिरिङ दम्दुल लामा कार्चेनले प्रदेश सरकार कर्णालीको विकासमा गम्भिर रुपमा लागेको बताउँदै अल्पकालिन र दिर्घकालिन विकासको मोडेल तयार गरेर काम गरिरहेको बताउनुभयो ।

उक्त भेलामा नेकपा माओवादी कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसी जितेन्द्र, नेता लोकेन्द्र राना, जिल्ला कमिटी संयोजक जीत बहादुर राना, सचिव टोप बहादुर दर्लामी, तेजकुमारी राना लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँपालिका कमिटी अध्यक्ष सम्मर बहादुर कामीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

माओवादीको चिङ्गाडमा कार्यकर्ता भेला

बुद्धिजिवी परिषद् समाजवादीको जिल्ला भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *