पठन पाठन विग्रिएपछि अभिभावकले ताला लगाए, प्रधानाध्यापकले सरुवा मागे

दिलिप ढकाल
गुर्भाकोट (सुर्खेत), १७ चैत्र ।
भेरीगंगा नगरपालिका वडा नं. ८ मा रहेको देउती प्राबि चौखेका अभिभावकहरुले विद्यालयको पठन पाठन कार्य अस्तव्यस्त भएको भन्दै सुधारका लागि तालाबन्दी गरेका थिए ।
आफ्ना छोरी छोरीको भविष्यमाथी विद्यालयका प्रधानाध्यापक, शिक्षकबाट खेलबाड भएको भन्दै सुधारका लागि तालाबन्दी गरिएको थियो । तालाबन्दीपछि प्रधानाध्यापकले अन्यत्र विद्यालय जाने सरुवा मागेका छन् ।
उक्त विद्यालयमा लगाईएको ताला छलफल तथा सहमति पछि भने खुलेको छ । शिक्षक र बिद्यालय ब्यबस्थापन समितिको लापरबाहीका कारण बिद्यालयमा विद्यार्थीको पठन पाठननै अस्तब्यस्त भएको थियो । विद्यार्थीको भबिस्यमाथी खेलवाड गरिएको भन्दै बुधबार दिउँसो करिब २ः३० बजे चौखे विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेको थिए ।
सरकारले शिक्षकहरुलाई सम्पूर्ण सेवा तथा सुविधा लगायत तलवको व्यवस्था गरेर पनि निरन्तर रुपमा विद्यार्थी, बिद्यालय आउने जाने मात्र हुन गरेको र पढाई नहुने गुनासो अभिभाबकसंग बारम्बार पुग्ने गरेकाले शिक्षकको ध्यानाकर्षण गराउनको लागि बिद्यालयमा ताला लगाइएको अभिभाबकहरुले जानकारी दिए ।
वडा नम्बर ८ का वडा अध्यक्ष पदम बहादुर खत्री, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लाल बहादुर कामी तथा प्राधानाध्यापक देव बहादुर बुढा मगर तथा अभिभाबकहरुको संयुक्त बैठकबसी ताला खुल्ने सहमति भएको थियो ।
बैठकमा प्रधानाध्यापकले आफुले यस बिद्यालयमा प्र.अ भएर काम गर्न नसक्ने भन्दै अभिभावकको माग अनुसार अन्य बिद्यालयमा सरुवा मिलाएर जाने सहमति भएको भेरीगंगा वडा नम्बर ८ का वडा अध्यक्ष पदम बहादुर खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै ब्यबस्थापन समिति अध्यक्ष लाल बहादुर कामीले आफ्नो कार्यकाल अब तीन महिना बाँकी रहेकाले उक्त अबधिमा विद्यार्थीको पठन पाठनलाई नियमित गराउने तथा शिक्षकहरुलाई आफ्नो समयमा बिद्यालय आएर पठन पाठन नियमित गराउन सक्दो कोसिस गर्ने जानकारी दिनुभयो ।
यता देउती प्राथमिक बिद्यालय चौखेका प्रधानध्यापक देब बहादुर बुढाका अनुसार बुधबार दिउसो हाफ टाईमको बेलामा घरको काम ले गर्दा आफु घर गयको र घर जाँदा विद्यालयको अर्को एक जना सर लाइ जिम्मा दियर गएको जानकारी दिनुभयो।
सधै ३ः३० देखि ४ बजे को समयमा छुटी हुने बिद्यालय हिजो बुधबार बिद्यालयका कुनै एक जान विद्यार्थीले समय अगाबै घन्टी बजाएकाले सबै बिद्यार्थी एक साथ् घर गएका थिए । त्यहि एउटा विद्यार्थीले गरेको गल्तीलाई ठुलो रुप बनाएर अभिभावकले बिद्यालयमा ताला लगाएको प्र.अ.देब बहादुर बुढाले जानकारी दिनुभयो ।
उता वडा नम्बर ८ का वडा अध्यक्ष पदम बहादुर खत्रीले बिद्यालयका प्र.अ अन्त सरुवा मिलायार जाने दाबि गरे पनि चौखे स्कुलका प्रधानध्यापक देब बहादुर बुढाले भने वडा अध्यक्ष पदम बहादुर खत्री लगायत अभिभावकले अन्त सरुवा मिलायार जान आफुलाई जान अनुरोध गरेको जानकारी दिनुभयो।
बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षसँग भेरीगंगा वडा नम्बर ८ का वडा अध्यक्ष पदम बहादुर खत्री लगायत स्थानीय अभिभाबक पनि असन्तुस्ट रहेकाले आफुलाई अन्तै सरुवा भएर जाने भनेको देउती प्राबि चौखेका प्र.अ. देव बहादुर बुढा मगरले दुखेसो गर्नुभयो ।
त्यस्तै देउती प्राबि चौखेका प्र.अ देव बहादुर बुढा मगरले भन्नुभयो ‘आफुले लामो समय सम्म काम गरेको विद्यालयबाट एक्कासी सरुवा मिलाएर जानु भन्ने कुरा सुन्दा आफुलाई नरमाईलो लागेको छ ।’







