नेसनल माइक्रोफाइनान्सको समूह अध्यक्षहरुसँग अन्तरक्रिया

दुर्गा विसी
सल्लीबजार, २७ फागुन ।
नेसनल माइक्रोफाइनान्स लघुवित्तिय संस्था लि.शाखा कार्यालय आम्रा सल्यानको समूह अध्यक्ष गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सल्लिबजारमा सम्पन्न भएको छ ।
नेसनल माइक्रोफाइनान्स समूह गोष्ठिमा विभिन्न क्षेत्रबाट महिला समुहहरुको उपस्थिति रहेको थियोे । फाइनान्सले बनगाड कुपिण्डे नगरपालिकाका १२ वटै वडा सिम्ता गाउँपालिका र कुमाख गाउँपालिकामा आफ्नो सेवा सञ्चालन गरेको छ ।
हालसम्म १६ सय महिलाहरु समुहमा आबद्धता भएका छन् । आठ करोड लगानी र २ करोड १६ लाख वचत निक्षेप रहेको जनाएको छ । त्यसैगरी ८ सय महिलाले कर्जा प्रबाह गरिरहेका छन् ।
विभिन्न खाले सिपमुलक तालिम समेत दिने गरिएको छ । महिला समुहका ऋणीहरुका लागि संस्थाले वीमाको व्यवस्थापन समेत गरिदिएको छ । १६ सय दिदीबहिनीहरु समूहमा आबद्ध भैइ सेवा लिइरहेको माइक्रो फाइनान्स शाखा अम्राका प्रमुख डिल्लीराज बुढाथोकीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियोे ।
उक्त संस्थाबाट ऋण तथा कर्जा लिए बापत मनकामना फाइनान्स समुहकी प्रशंसा बाँठाले आफ्नो विगत तथा वर्तमान अवस्थाको बारेमा अवगत गराउनुभएको थियोे ।
माइक्रको फाइनान्सबाटै उद्योग सञ्चालन गरेको हाल मुनाफा भएको बताउनुभयो । विपन्नबाट आम्दानीको खुट्टकिलो बढेको जनाउनुभयो । माइक्रो फाइनान्सकै कारण आज उद्योग सञ्चालनबाट मुनाफा भैरहेको बताउनुभयो । सुरुमा थोरै ऋण १ लाख लिएर सुरुवात उद्योग सञ्चालन गरेको ।
गैलीबजारमा पसेको बाढीका कारण सबै उद्योग सबै तहस नहस भएको थियोे । तर पुनः ऋण थपेर पुनःउद्योग सञ्चालन भैरहेको यसले आजभोलि आम्दानीको रेकर्ड निकै राम्रो हँुदै गएको जनाउनुभयो ।
अर्को समुहकी अध्यक्ष ५ हजारको व्यापारबाट लाखौंको आम्दानी जोड्न सफल, अर्को समुह सदस्यीय आइती बुढाले फाइनान्सबाट केही ऋण लिएर व्यवसायी सञ्चालन गरेको ।
सिलाइ कटाईसँगै कुखुरा पालन, कपडा पसल व्यवसायिबाट आज राम्रो गरेको भनाइ रहेको थियोे । ५ हजारबाट सुरु गरेको व्यवसायी आज ५ लाख पुगेको छ । यो संस्थाका कारण आफ्नो उल्लेख्य प्रगतिको कारक माइक्रोफाइन्न्सनै रहेको भनाई रहेको थियोे ।
संस्थाको समूह अध्यक्ष बैठक तथा अन्तरक्रियामा रेखा श्रेष्ठको सभा अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन, विशिष्ट अतिथि केन्द्रका प्रतिनिधि विष्णु कुमार विश्वकर्मां, अम्रा शाखा प्रमुख डिल्लीराज वुढाथोकि,बनगाड कुपिण्डे नगरपालिका योजना शाखाका धर्मराज ढकाल, महिला शाखा प्रमुख निरु शाही र प्रभाकर मावि देवस्थलका प्रधानाध्यापक शिखर कुमार यरीले आफ्नो भनाइ राख्नुभएको थियोे ।
गोष्ठीसँगै अन्तरक्रियामा समूह अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियोे । समूह सञ्चालन तथा संस्थाका समस्या, कठिनाई र सुझावका विषयमा समूह अध्यक्षहरुले राय प्रकट गरेका थिए ।







