कडा सुरक्षाकाबीच काँडेतारले बेरियो संसद भवन

काठमाडौं । एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको आजको संसद बैठक बस्नुअघि संसद भवनलाई काँडेतारले बेरिएको छ । एमसीसीविरुद्ध भइरहेका आन्दोलनलाई लक्षित गरी संसद भवनलाई काँडेतारले घेरिएको हो ।
संसदभित्र नेकपा एमालेका सांसदको अवरोध र बाहिर एमसीसीविरुद्ध चर्को प्रदर्शनबीच ८ गते संसदमा टेबल भएको एमसीसीमाथि आजदेखि संसदमा छलफल हुँदैछ ।
एमसीसीविरोधीहरुले आज पनि संसद भवन घेर्नेलगायतका विरोध कार्यक्रमम तय गरेका छन् । सम्भावित प्रदर्शनलाई लक्षित गरी संसद भवन रहेको बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।






