जुम्लामा विरुवा बचेरै २५ लाख आम्दानी

मान बहादुर कुँवर

जुम्ला,३ फागुन ।
कर्णाली जमार्ग छेवैको त्रिवेणी धामबाट पूर्वतिर ७ किलोमिटरको दूरीमा स्याउ ओखर नर्सरी छ । यो नर्सरी तातोपानी गाउँपालिका-७ सर्मी गाउँका सूर्य बुढाले सात वर्षअघि स्थापना गरेका हुन् ।

नर्सरीमै सात वर्ष खर्चेका उनलाई लाभ लिन भने पाँच वर्षसम्म कुर्नुपर्‍यो । स्याउ ओखर ग्राफ्टिङमा अनुभव नहुँदा पाँच वर्षसम्म खासै आम्दानी भएन ।

गत वर्ष तातोपानी गाउँपालिकाको सहयोगमा उनले स्याउ ओखर ग्राफ्टिङको तालिम लिएपछि ८० प्रतिशत ग्राफ्टिङ सफल भएको छ । ‘गत वर्ष १ हजार स्याउका बिरुवा बेचें, ७ सय ओखरका बिरुवा ग्राफ्टिङ गरेको छु, यो वर्ष कम्तीमा २ लाखसम्म आम्दानी हुन्छ,‘ उनले भने ।

तीन वर्षअघिसम्म ४० रुपैयाँमा बिक्री हुने स्याउका बिरुवाको मूल्य हाल ७० पुगेको छ । यस्तै, ओखरको प्रतिबिरुवा ७ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।


कणर्ाली राजमार्ग खुलेसँगै बिरुवाले बजार पाएका हुन् । पातारासी ५ का किसान राजु बुढाले स्याउ ओखरका बिरुवा बेचेरै २५ लाखसम्म आम्दानी गर्छन् । उनको लोभलाग्दो आम्दानी देखेर अन्य किसानले पनि नर्सरी स्थापना गरेका छन् ।

‘वर्षमा ४ हजार ओखर र ६ हजार स्याउका बिरुवा बेच्दै आएको छु, १५ देखि २५ लाख वार्षिक आम्दानी हुन्छ,‘ राजुले भने । यहाँका किसानले स्याउ ओखरका दानासँगै नर्सरीबाट पनि दोहोरो आम्दानी गरिरहेका छन् । ‘यहाँको रोजगारी भनेको कि कालापहाड हो, कि जडीबुटी हो, अहिले जिल्लाभरि ओखर खेती व्यापक विस्तार हुँदा नर्सरी नै परिवार पाल्ने माध्यम बनेको छ,‘ अर्का नर्सरी धनी हरी कामीले भने ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा २० प्रतिशत बिरुवा खपत हुन्छ, भने बाँकी जिल्लाबाहिर निर्यात हुन्छ । जुम्लाबाट सोलुखुम्बु, मनाङ, मुस्ताङ, बझाङ, बाजुरा, रसुवा, डोल्पा, मुगु, हुम्ला र कालिकोटलगायतका जिल्लामा स्याउ ओखरका बिरुवा निर्यात हुन्छ । जुम्लाका आठै स्थानीय तहमा स्याउ खेतीको राम्रो सम्भावना छ ।

अहिले जुम्लाको ३ हजार १ सय बढी हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफलमा ओखर फलिरहेको छ । साढे १६ हजार घरधुरी स्याउ खेतीमा आबद्ध छन् । स्याउको बढ्दो मागले अहिले जुम्लामा १ सय १० व्यावसायिक नर्सरी दर्ता भएका छन् । व्यापारीले नर्सरीमै पुगेर बिरुवा खरिद गरिरहेका छन् ।

जुम्लामा दर्ता भएका १ सय १० नर्सरी व्यावसायी स्याउ ओखरसँगै नर्सरीबाट दोहोरो आम्दानी गरिरहेका छन् । जुम्लाका आठै स्थानीय तहले स्याउ खेतीलाई प्राथमिकता दिएका छन् । स्याउ सुजरजोनका अनुसार कणर्ाली प्रदेशमा १ हजार १ सय ७ हेक्टरमा ओखर खेती हुन्छ । ३ सय ५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट १ हजार ४ सय मेट्रिक टन उत्पादन हुन्छ ।

जुम्लामा विरुवा बचेरै २५ लाख आम्दानी

राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा

जुम्लामा विरुवा बचेरै २५ लाख आम्दानी

अखिल (क्रान्तिकारी) कालिकोटको अध्यक्षमा आचार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds