दैलेख प्रहरी कार्यालयमै कुटिए सेवाग्राही

दैलेख, २ फागुन ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा सेवा लिन गएका युवा कार्यालयमा प्रहरीबाट कुटिएका छन् । नारायण नगरपालिका –६ बसपार्कका ओम रेग्मी प्रहरी इन्स्पेक्टर इन्द्रजीत सुनारबाट कुटिनुभएको हो ।

चार महिनाअघि घर अगाडिबाट हराएको मोबाइल खोजी पाउँ भनेर प्रहरीमा निवेदन दिएको र प्रहरीले खोजी कार्यमा चासो नदिएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो ‘हराएको मोबाइल खोजी पाउँ भनेर प्रहरीमा दिएको निवेदनको सुनुवाई भएन, आफै फेला पारेपछि प्रहरीलाई जानकारी गराउँ भनेर प्रहरी कार्यालय गएको थिएँ कुटाई खाएँ ।’

रेकर्ड गरेको भिडियोमा समेत इन्स्पेक्टर इन्द्रजित सुनारले मुक्का प्रहार गरेको देखिन्छ । भिडियोमा हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनका आधारमा भेट्टाउने र बुझ्नेको साइन गराएर मात्र मोबाइल बुझ्ने भनिएको छ । बिना गल्ती हातपात गरेर प्रहरीले ममाथि अन्याय गरेको रेग्मीको भनाई छ ।

घटनाका बारेमा बुझ्दा प्रहरी इन्स्पेक्टर इन्द्रजीत सुनारले आफूले भिडियो नखिच्नु भनेर सम्झाउँदा नमानेपछि त्यस्तो भएको प्रतिक्रिया दिनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले घटनाबारे आफूले जानकारी पाएलगत्तै दुबै पक्षलाई राखेर समस्या समधान गरिएको बताउनुभयो ।

पीडित नै मिलेर गइसकेपछि अरुले घटनालाई प्रचार गर्नु गलत हो उहाँले भन्नुभयो । वडा अध्यक्ष र पीडित रेग्मी जिल्ला प्रहरीमा छलफलमा गएपछि प्रहरी इनिस्पेक्टर सुनारले माफी मागेको बताइएको छ ।

दैलेख प्रहरी कार्यालयमै कुटिए सेवाग्राही

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो

दैलेख प्रहरी कार्यालयमै कुटिए सेवाग्राही

जुम्ला विमानस्थल विस्तार गर्न दुई मन्त्रीको छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds