गुर्भाकोटका कृषकलाई मुक्तिनाथको प्रशिक्षण

दिलिप ढकाल
गुर्भाकोट, २९ माघ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गुर्भाकोट नगरपालिका वडा नं. ६ लेखबडाखोलीमा रहेका कृषिमा आबद्ध कृषकहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यहि माघ २९ गते आयोजना गरिएको कार्यक्रममा गुर्भाकोट न.पा.–६ लेखबडाखोलीमा कृषि पेसामा सक्रिय रुपमा लागेका कृषकहरुलाई तरकारी खेती प्लाष्टिक टर्नेल कृषि औजार र बिउ उत्पादन सम्बन्धि प्रशिक्षण दिईएको थियो ।
उक्त कार्यक्रममा स्थानीय कृषक तुल बहादुर ओली, धन बहादुर ओली, प्रदिप ओली, नारी बुढा, छबिलाल राना, आदर्श देवकोटा, आइते खत्री, तिल्सरी दमाई, तुलसी डाँगी, सपना बराल, भुमिसरा डाँगी, सुमन राना, बेलु प्रसाद सापकोटा, दीपक गाहा, काली ओली लगायत ५३ जना कृषकको सहभागिता रहेको थियो । उक्त कार्यक्रम मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका क्षेत्रीय प्रतिनिधि श्यामलाल भण्डारीले सञ्चालन गर्नु भएको थियो ।







