राप्रपा अध्यक्षमा उठ्ने कमल थापाको घोषणा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी थापाले आसन्न महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । राप्रपाको महाधिवेशन १५ देखि १९ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।
राप्रपाको महाधिवेशन १५ देखि १९ मंसिरसम्म काठमाडौंमा हुँदैछ । तीन पार्टी एकीकरणपछि पनि अध्यक्ष नै रहेका थापाले आसन्न महाधिवेशनमा अध्यक्षमै उठ्ने घोषणा गरेका हुन् । भविष्यमा राप्रपालाई विभाजन हुन नदिने र देशको ठूलो शक्ति बनाउन संकल्पसहित आफूले उम्मेदवारी दिन लागेको थापाले बताए ।
उनले आफूलाई अध्यक्ष पशुपति शमशेर जबरा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापालगायत शीर्ष नेताहरूको साथ रहेको पनि बताए ।
यसअघि केही दिनअघि पत्रकार सम्मेलन गरी सांसद राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । लिङ्देनलाई महामन्त्री धवलशमशेर राणालगायत नेताहरूको समर्थन छ ।






