थाहै नपाई सरिता र प्रवणको प्रेम

गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई।।।’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।

आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया