पालिका विशेष

गुराँस गाउँपालिका दैलेखको फेरिँदै मुहार


कर्णालीको राजधानी वीरेन्द्रनगरदेखि नजिकको स्थानीय तह हो, दैलेखको गुराँस गाउँपालिका । मुलुक संघीय संरचनापछि तत्कालिन बराह, सेरी, खड्गवाडा, गोगनपानी, पिलाडी र लालीकाँडा गाविसलाई समेटेर गुराँस गाउँपालिका निर्माण भयो ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको गुराँसमा पर्यटकीय गन्तव्यमात्र होइन्, आलु लगाएतका तरकारी उत्पादनका हिसावले पनि चर्चित छ । गुराँस फुलको मनमोहक दृष्य र चिसो हावापानीका साथै व्यवसायीक र मनोरञ्जनको उदेश्यले वर्षेनी हजारौ आन्तरिक र बाहेक पर्यटनहरु गुराँस पुग्छन् ।

सम्भतः कर्णालीको राजधानीबाट प्रदेशका अन्य पहाडी र हिमाली जिल्लाहरुमा जान प्रमुखद्धारको रुपमा रहेको गुराँस कृषि, पशुपंक्षि, वन, जडीबुटी, पर्यटन तथा साना अन्य उद्योगहरुको लागि उपयुक्त छ । यो समय गुराँसका अधिकाँश क्षेत्र गुराँस फुलेर ढकमक्क छ ।

संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह निर्वाचनबाट पालिकाको अध्यक्षमा नेकपा एमालेबाट टोपबहादुर बिसी र उपाध्यक्षमा नेकपा एमालेबाटै शिवाकुमारी खड्का निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनीधिहरुले दुई वर्ष बिताईसकेका छन् । पालिकाका जनप्रतिनीधि र कर्मचारीहरुको अथक प्रयासबाट जनताको नजिकको सरकारका रूपमा रहेको संस्थागत हुनुका साथै गुराँस समृद्धिको गतिमा अघि बढेको छ ।

कार्यान्वयनमा ल्याएका नवीनतम कार्यहरूमार्फत पालिकाले जनताको मन जित्न सफल भएको छ । आर्थिक विकास, सामाजिक विकास, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार, कृषि र पशुपालनमा अनुदान, उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना, भौतिक पूर्वाधारको विकास, सडक सञ्जाल निर्माण, खानेपानीको पहुँच विस्तार लगाएतका कार्यहरु पालिकाले अघि बढाएको छ ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी स्थानीय सरकार जनताको घरदैलोको सरकार रहेको बताउँछन् । ‘स्थानीय सरकारसँग नागरिकका असीमित आशाहरु छन्, हामीले नागरिकको चाहना र निर्वाचनको समयमा जनताका बिचमा गरेको प्रतिबद्धता अनुसार काम गरिरहेको छौँ,’ उनले भने ।

गाउँपालिकाको कामलाई सुशासनमैत्री बनाउने, जनमुखी प्रशासन सञ्चालन गर्ने र भौतिक, सामाजिक तथा आर्थिक विकासलाई केन्द्र भागमा राखेर काम गरिएको अध्यक्ष बिसी बताउँछन् । गाउँपालिकाको केन्द्रबाट सेवा प्रवाह गर्न कठिन अवस्थामा नागरिकलाई घरदैलोमै सेवा दिन सामाजिक सुरक्षा भत्ता घरदैलोमा वितरण, योजना सम्झौता, स्वास्थ्य शिविर र गाउँपालिकाले गर्ने हरेक कामको समीक्षा वडामै गएर गर्ने कामको सुरुवात गरेको उनको भनाई छ ।

हाल गाउँपालिकाले नयाँ सुविधासम्पन्न भवन निर्माण गरी गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । चारवटा वडा कार्यालयका भवन निर्माण भएका छन् । गाउँपालिका भित्रका सबै विद्यालयको पुनर्निर्माण, सबै वडामा पुग्ने सडक मर्मत गरिएका छन् । ‘गुराँसका सबै वडामा सडक पुगिसकेको छ, सडकको नयाँ ट्रयाक खोल्नुपर्ने छैन्, सडक मर्मतका नाममा वर्षेनी एक करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था भएका कारण गाउँपालिका आफैँले सडकको मर्मत गर्नका लागि आवश्यक पर्ने डोजर र लोडर खरिद गरेको छ,’ अध्यक्ष बिसीले भने ।

गाउँपालिकाले गुराँसको मुहार फेर्न ‘सुख र समृद्धिका लागि शासकीय सुधार, हातेमालो गरि फेरौँ गुराँसको मुहार’ भन्ने नारा नै तय गरेको छ । सोहि अनुसार नीति तथा कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । हेरौँ, गाउँपालिकाले गरेका केहि महत्वपूर्ण र नविनतम् कार्यहरु ।

तरकारी खेतीमा चर्चित
गुराँस आलु लगाएतका तरकारी उत्पादनका हिसावले पनि चर्चित छ । यहाँका अधिकाँश घरपरिवारको प्रमुख पेशा पनि कृषि नै हो । गाउँपालिकाले कृषिलाई व्यवस्थित गर्दै किसानको आयआर्जन बढाउन अन्य क्षेत्रभन्दा कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको छ ।

गाउँपालिकाका कृषि र पशु शाखाले व्यवसायिक रूपमा कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेका छन् । गुराँस कृषि विकास तथा अनुसन्धान केन्द्रको स्थापना भईसकेको छ । विगतमा कृषि अनुदानका नाममा भएको बेथिति नियन्त्रण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाभित्रका करिब एक सय पचास बढि युवा किसानलाई तालिम दिएको छ । पालिकाले कृषिजन्य उद्यमलाई प्रोत्साहन गर्न ‘एक वडा एक कृषि उद्योग’ जस्ता विभिन्न रोजगारमूलक सञ्चालन गरेको छ ।

बनिसक्यो स्थानीय पाठ्यक्रम
गाउँपालिकाले पञ्चवर्षीय शैक्षिक गुरुयोजना तयारी गरी कार्यान्वयन लगेको छ । अध्यक्ष शैक्षिक सुधार कार्यक्रममार्फत युवा, शिक्षा तथा खेलकुदका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले गुराँसको मौलिकता तथा सम्भावनाको आधारमा व्यापक छलफल गरेर स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याईसकेको छ ।

जसका आधारमा कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तकसमेत लेखन कार्य सम्पन्न भइसकेको छ । गाउँपालिकाका बाल विकास केन्द्रदेखि माध्यमिक तहसम्मका विद्यालय व्यवस्थित छन् । अन्य पालिकाको तुलनामा यहाँका विद्यालय र विद्यालयको व्यवस्थापनको पाटो उत्कृष्ठ छ ।

आफ्नै स्रोतबाट पाँच शैयाको अस्पताल
गाउँपालिकाले गाउँपालिकाको आन्तरिक स्रोतबाट पाँच शैयाको अस्पताल सञ्चालन गरिरहेको छ । गुराँस गाउँपालिका–५ रानीमत्तामा उक्त अस्पताल सञ्चालनमा छ ।

उक्त अस्पताल २०७५ मा स्थापना भएको थियो । जहाँ सुविधायुक्त ल्याब सेवासमेत करिब २४ घण्टा आंशिक सेवासमेत एमबिबिस डाक्टरको व्यवस्था गरिएको छ । यतिमात्र होइन् आयुर्वेद सेवा केन्द्रको रुपमा नागरिक आरोग्य समेत सञ्चालनमा छ गाउँपालिकाले नागरिकलाई स्वास्थ्य संस्थामा गएपछि औषधी नपाउने अवस्थाको अन्त्य गरेको जनाएको छ ।

घरदैलोमा सामाजिक सुरक्षाभत्ता
गाउँपालिकाको नीतिगत निर्णय र समन्वयमा प्रभु बैंक मार्फत बस्तीस्तर मै सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ । बस्तीस्तरमै सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमले जेष्ठ नागरिक, असहाय तथा अपांगता भएका व्यक्तिहरु लाभान्वित भएका छन् ।

सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्रम्म पुग्न पर्ने झन्झटिलो र खर्चिलो प्रक्रियाको अन्त्य गर्न गाउँपालिका सफल भएको छ ।

योजना सम्झौता गर्न घुम्ती शिविर
गाउँपालिकाले हरेक आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाहरु सम्झौता गर्न शिविर सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालका अनुसार पालिकाले निशुल्क स्वास्थ्य शिविर, पशुपंक्षि खोप तथा उपचार शिविर, ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम, उपाध्यक्ष गर्भवती कार्यक्रम लगाएतका एक महिना एक घुम्ती शिविर कार्यक्रम संचालन गरिरहेको छ ।

यी कार्यले नजीकको सरकारको आभास भएको नागरिकहरुबाट प्रतिक्रिया प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहाल बताउँछन् । गाउँपालिकाले ‘जेष्ठ नागरिक जहाँ स्वास्थ्यकर्मी त्यहाँ’ कार्यक्रम मार्फत घरदैलोमा सेवा प्रदान गरिएको र त्यसलाई निरन्तरता समेत दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।

गुराँसमा पर्यटन संवाद
गुराँस गाउँपालिकाले १६ चैत्र २०८० मा गुराँस संवाद तथा चलचित्र पर्यटन अन्तरक्रिया आयोजना ग¥यो । वडा नम्बर ६ र ८ को सिमानमा पर्ने भ्यूँचुलामा भएको उक्त संवादले गुराँसको पर्यटन विकासका लागि राष्ट्रिय तहमा प्रचार भएको कारण स्थानीय होटेल व्यवसायी तथा कृषकहरु खुसी भएको गाउँपालिकाले जनाएको छ ।

उक्त संवादले नेपाली चलचित्रहरूको छायांकन गर्ने उपयुुक्त गन्तव्यको रूपमा दैलेखको गुराँस गाउँपालिकालाई समावेश गरिने बाटो खोल्यो । उक्त कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष तथा अभिनेता भुवन केसीले गुराँसको प्राकृतिक हिसावले मनोरम वातावरण नै चलचित्र क्षेत्रको लागि महत्वपूर्ण हुने बताएका थिए ।

आफ्नै भवनबाट सेवा प्रवाह
गुराँसले आफ्नै अत्याधुनिक भवन निर्माण गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहाल बताउँछन् । उक्त भवनबाट सेवा प्रवाह भईरहेको दाहालको भनाई छ । यसका अलवा गाउँपालिकामा टोकन प्रणाली, डिजिटल सूचना पाटी व्यवस्थापन गरिएको छ । जसले सुशासन प्रर्वधनमा सहयोग पुगेको छ ।

‘सभाहल सहितको आफ्नै अत्याधुनिक भवनबाट सेवा प्रभाव भएको र घरभाडा बापत वार्षिक लाखौं रकम बचत हुनेछ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ।

हामी बनाउँछाँै हाम्रो सडक
गुराँसले ‘हामी बनाउछौ हाम्रो सडक’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत आफ्नै डोजर खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । ‘हामी बनाउछौ हाम्रो सडक कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको छ, सडक निर्माण र मर्मत कार्य आफ्नै मेसिनबाट संचालनमा रहेकोले आन्तरिक राजस्व समेत संकलन भईरहेको छ,’ दाहालले भने ।

सामाजिक न्यायसम्बन्धी ऐन
गुराँस गाउँपालिकाले ‘सामाजिक न्यायसम्बन्धी ऐन २०८०’ बनाएको छ । संविधानको धारा ४२ ले प्रद्धत गरेको सामाजिक न्यायको हकलाई कार्यान्वयन गर्न गाउँपालिकाले उक्त ऐन बनाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

आर्थिक रूपले विपन्न, दलित, ज्येष्ठ नागरिक, असहाय, एकल महिला, अनाथ बालबालिका, लोपोन्मुख समुदाय, बादी समुदाय, अशक्त र असहाय अवस्थामा रहेका द्वन्द्वपीडित, लैंगिक तथा घरेलु हिंसा पीडित, यौनिक तथा लैंगिक अल्पसंख्यकको सामाजिक न्यायको हक कार्यान्वयन गर्न उक्त ऐन बनाएको दाहालले बताए ।

‘पिछडिएका समुदायको संरक्षण, उत्थान, सशक्तीकरण, आर्थिक सवलीकरण र विकासका लागि त्यस्ता व्यक्ति तथा परिवारका निम्ति सुरक्षित आवास, स्वरोजगारका लागि सिप विकास तालिम, वडास्तरमा सामाजिक सुरक्षा भत्ता सहज वितरण, विपन्न नागरिक परिचयपत्र, बाल पुनस्र्थापना केन्द्र स्थापना, आर्थिक सहायतालगायतका कार्यक्रम कार्यान्वयन गर्न ऐन निर्माण गरेका हौं,’ दाहालले भने । सामाजिक न्यायसम्बन्धी ऐनसहित गाउँपालिकाले १३ वटा कानून निर्माण गरिसकेको छ ।

घरघरमा धारा गुराँस सरकारको अभिभारा
गाउँपालिकाले खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा नविनतम् र प्रभावकारी कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालका अनुसार गुराँसमा ‘घर–घरमा धारा गुराँस सरकारको अभिभारा कार्यक्रम अन्तर्गत अधिकाँश वडामा स्वच्छ खानेपानीको व्यवस्थापन भईसकेको छ ।

शत प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने गाउँपालिकाले लक्ष्य लिएको छ । गाउँपालिकामा नयाँ एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एम्बुलेन्स खरिद भएपछि छिट्टै विपन्न नागरिकलाई निशुल्क सेवा उपलब्ध गराउने तयारी गाउँपालिकाको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले पालिकामा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालनमा छ । ‘अध्यक्ष शैक्षिक सुधार कार्यक्रममार्फत शत प्रतिशत विधार्थी भर्ना अभियान सम्पन्न भएको छ, विद्यालयहरुको स्तरउन्नति, प्राविधिक सहयोग लगाएत आफ्नै स्रोतबाट शिक्षक कर्मचारीको व्यवस्थापन गरिएको छ,’ दाहालले भने ।

तपाईको प्रतिक्रिया