फागुन २७ मा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’

फिल्म ‘सम्हालिन्छ कहिले मन’ अगामी फागुन २७ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

फिल्मको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमलाई रोमान्टिक अन्दाजमा उतारिएको छ । बेलायत र नेपालमा छायाँकन भएको फिल्म सुदर्शन थापाले निर्देशक गरेका हुन् ।

एबी इन्टरनेसनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेको फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माता, सनिश खकुरेल र अंकित गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्म हेर्न आतुर दर्शकको मनोविज्ञान बुझेर फिल्मको प्रदर्शन मिति घोषणा गरिएको निर्देशक थापाले बताए ।

फागुन २७ मा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’

प्रतिनिधि छान्दा समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

फागुन २७ मा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *