द्रौपदी अवशेष सार्वजनिक

हुम्ला । पचासको दशकदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय साहित्यकार नीलम कार्की निहारिका द्धरा लिखित उपन्यास द्रौपदी अवशेष सार्वजनिक भएको छ । कर्णाली प्रदेशको हिमाली जिल्लाको उच्च भेगको कथामा आधारित द्रौपदी अवशेष एक साँस्कृतिक उपन्यास हो ।
योगमाया,चिरहरण,अर्की आइमाई, बेली कथा संग्रह,कागजमा दस्तखत कथा,बे्रन फिभर लामो कविता,हवन कथा संग्रह,मौन जीवन उपन्यास जस्ता थुप्रै कृति लेखिकी निहारिकाले हुम्लाको लिमि क्षेत्रको द्रौपदी उपन्यास सार्वजनिक गरेकी छिन् ।
हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाको बारेमा लेखिएको यस कृतिका बारेमा हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनीधि सभा सदस्य छक्कबहादुर लामाले उपन्याकारले यस कृति मार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातीको लोक व्यहारमा सीमित एउटा अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रुपमा ढालेर बाह्य जगतलाई बोधम्य बनाउने जुन चेस्टा गर्नु भएको बताएका छन् ।
साहित्कार नीलम कार्की निहारिकाले लेखेको द्रैपदी अवशेष त्यो साहै्र सराहनीय कार्य रहेको साँसद लामाले बताए । बिहिबार द्रौपदी अवशेष उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ लगायत स्थानीयको उपस्थितीमा भएको हो । उपन्यासका सम्बन्धमा लेखक निहारिकाले जुन माटोको कथा थियो त्यही लोकार्पण भएकोमा आफु निकै खुसी भएको बताइन् ।
स्थानीयको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनी धेरै पाएको उनले नेपाल टेलिभिजनसँग भनिन् ।
हुम्लामा हिमपातको कारण मेरा पात्र हुम्लाबाट नेपालगञ्जको लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ हुम्लामा पानी परिहेको कारण नेपालगञ्जबाट हुम्लाको लागि जहाज नउडेको हुदाँ पुस्तक दुई दिन ढिला हुम्ला पुगेका लेखक कार्कीले बताइन् ।
यहि यस्तै यथार्थसँग समाज अधि बढीरहेको छ बहुपति प्रथा एक संस्कृति हो । भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष परोक्ष सम्बन्ध रहेको यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठक सामु पुराउने मेरो प्रयास हो द्रौपदी अवशेष उनले भनिन्






