सल्यानको दार्मा गाउँमा ज्येष्ठ नागरिक र गर्भवती महिलाको घरदैलौमै स्वास्थ्य परीक्षण

सल्यान । जिल्लाको दार्मा गाउँपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। कोभिड १९ नियन्त्रण तथा रोकथाम गर्न भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेपछि उपचार गर्न समस्या भएपछि गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको हो।

गाउँपालिकाका चार स्थानमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा २ सय ८० भन्दा बढी नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए।

उनका अनुसार २ सय ४ जना जेष्ठ नागरिक र ७६ जना गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जनतालाई घरआँगनमै सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य शिविरले आर्थिक रुपमा कमजोर रहेका परिवारलाई निकै राहत मिलेको उनको भनाइ छ।

घरदैलो कार्यक्रममा ज्येष्ठ नागरिकको लागि निःशुल्क औषधि, सुगर तथा रक्तचापको चेकजाँच र गर्भवती महिलाको भिडियो एक्सरे गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले बताए।

भिडियो एक्सरे गर्न सल्यान जिल्ला अस्पताल तथा रुकुम पश्चिमको चौरजहारी जानु पर्ने बाध्यता रहेको र वर्षाको समयमा भएका आवातजावत गर्न कठिनाई हुने भएपछि गाउँपालिकाले शिविर सञ्चालन गरेको उनको भनाई छ।

स्वास्थ्य चौकी भल्चौरमा गरिएको शिविरमा ३७ ज्येष्ठ नागरिक र ६ महिना पुगेका १४ गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ। यस्तै ढाकाडाम स्वास्थ्य चौकीमा ४२ जेष्ठ नागरिक र १८ गर्भवती महिला, दार्माकोट स्वास्थ्य चौकी ३८ जेष्ठ नागरिक र २२ गर्भवती महिला र र दार्मा आधारभूत स्वास्थ्य सेवा तथा प्रसूति केन्द्र थुम्केसल्लीमा ८६ जेष्ठ नागरिक र २२ गर्भवतीको स्वास्थ्य परीक्षण गरिएको छ।

सल्यानको दार्मा गाउँमा ज्येष्ठ नागरिक र गर्भवती महिलाको घरदैलौमै स्वास्थ्य परीक्षण

अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान

सल्यानको दार्मा गाउँमा ज्येष्ठ नागरिक र गर्भवती महिलाको घरदैलौमै स्वास्थ्य परीक्षण

माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

Leave a comment

Your email address will not be published. Required fields are marked *