१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुनै पनि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य १० पैसामा झारेको छ ।

दोस्रो बजारमा हाल सेयर खरिद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरकमात्र राख्न पाइने व्यवस्था रहेको थियो । बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै अब यो १ रुपैयाँको फरकलाई बाई–सेल अर्डर गर्दा घटाएर १० पैसा कायम गरेको हो ।

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धितोपत्र कारोबार सञ्चालन) दोस्रो संशोधन विनियमावली, २०७८) स्वीकृत गर्दै यो व्यवस्था कायम गर्न स्वीकृति दिएको हो। यो व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कार्यान्वयनमा ल्याउन पनि बोर्डले निर्देशन दिएको छ ।

यसबाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिदबिक्री गर्न सक्नुका साथै कारोबारमा समेत वृद्धि हुने देखिएको धितोपत्र बोर्डले जनाएको छ ।

यस्तै बोर्डले सेयर बजारको नियमित कारोबार हुनु अघि प्रि–ओपन सेसनमा हुने कारोबारमा अबदेखि दुई प्रतिशत मात्रै मूल्य घटबढ गर्न पाइने व्यवस्था गरेको छ । यसअघि अधिकतम पाँच प्रतिशतसम्म रहेको मूल्य घटबढ गर्न सक्ने सीमालाई दुई प्रतिशतमा झारेको हो ।

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने

सुर्खेतका व्यावसायिक किसानलाई कृषि औजार वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *