अनुपम खेरको ३६ घण्टामा कम भए ८० हजार फलोअर्स, ट्वीटरमाथि उठाए प्रश्न

एजेन्सी । बलिउडका दिग्गज नायक अनुपम खेर सोसल मिडियामा सबैभन्दा सक्रिय अभिनेतामध्ये हुन् । धेरैजसो उनी आफ्ना प्रशंसकसँग कुराकानी गरिरहन्छन्, भिडियो, फोटो सेयर गर्छन् ।

इन्स्टामा आफ्नी आमा दुलारीको भिडियो सेयर गरेर प्रशंसकलाई मनोरञ्जन प्रदान पनि गर्छन् । अब अनुपम खेरले दाबी गरेका छन् कि ट्वीटरमा ३६ घण्टामा उनका ८० हजार फलोअर्स घटेका छन् । उनले ट्वीटर इन्डियालाई यसको जानकारी दिएको छ ।

ट्वीटरमा घटे अनुपम खेरका फलोअर्सः

अनुपम खेरले ट्वीट गरेर लेखे, ‘डियर ट्वीटर र ट्वीटर इन्डिया ! पछिल्लो ३६ घण्टामा मेरा ८० हजार फलोअर्स घटेका छन् । के यो तपाईंको एप्लिकेशनमा कुनै खराबीका कारण भएको हो वा अरु केही नै हो ? यो मेरो विचार मात्रै हो कुनै असन्तुष्टि होइन ।’

अनुपम खेरको यो ट्वीटमा धेरैले रियाक्ट गरेका छन् । एक व्यक्तिले लेखे, ‘सर, के थाहा, पछिल्लो ३६ घण्टामा ८० हजार मानिसहरुले तपाईंलाई साँच्चै नै अनफलो गरेका होलान् । ’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘बाँकी अन्य पनि गायब नहोला भन्न सकिन्नँ ।’ यस्तै, अर्का प्रयोगकर्ता लेख्छन्, ‘एक व्यक्तिले अनुपम खेरलाई मोदी जीसँग ट्वीटरमा ऊजुरी गर्नुहोस् ।’

अनुपम खेरको ३६ घण्टामा कम भए ८० हजार फलोअर्स, ट्वीटरमाथि उठाए प्रश्न

लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा

अनुपम खेरको ३६ घण्टामा कम भए ८० हजार फलोअर्स, ट्वीटरमाथि उठाए प्रश्न

बादशाहसँग ज्याकलीन भइन् ‘पानी पानी’

Leave a comment

Your email address will not be published. Required fields are marked *