२०८२ चैत्र ५ गते
×

Now Playing

माओवादीले फिर्ता लियो सरकारको समर्थन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले विसं.२०७४ फागुन महिनामा केपी शर्मा ओलीलाई समर्थन दिएको थियो । समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा बुझाइएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।

 

माओवादीले फिर्ता लियो सरकारको समर्थन

कार्टुन : ३ मैनालाई पुग्ने रासन् छ

माओवादीले फिर्ता लियो सरकारको समर्थन

ममता बनर्जीविरुद्ध खनिएकी कंगना रनौतको ट्वीटर खाता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds