आगलागीपीडितलाई युवा संघको राहत

सुर्खेत । एमाले निकट युवा संघले जुम्लाका आगलागीपीडितलाई पाँच लाख मूल्य बराबरको राहत दिएको छ । जुम्लाको तिला गाउँपालिका—९ ढिपु र पोख्रेका करिव ६५ घर परिवारलाई राहत उपलब्ध गराएको हो । विहीवार सुर्खेतमा एक कार्यक्रम गरी करिव पाँच लाख मूल्य बराबरको खाद्यान्न, तेल, दाल, भाँडाकुडालगायतको राहत उपलव्ध गराएको हो ।

युवा संघ सुर्खेतका अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य कमल खड्का जुनीको पहलमा संकलन गरिएको राहत संघका केन्द्रीय उपाध्यक्ष नृपेन्द्र महतलाई हस्तान्तरण गरिएको हो । अध्यक्ष खड्काले जुम्लाका आगलागी पीडितलाई थोरै भएपनि राहत पुगोस् भन्ने हेतुले सुर्खेत र दैलेखमा संकलन गरी हस्तान्तरण गरिएको बताए ।

उनले बास्तविक पीडितलाई उक्त राहत दिन आग्रह गरे । संघका केन्द्रीय उपाध्यक्ष महतले सम्बन्धित स्थलमै पुगी बास्तविक पीडितकै हातमा राहत सामग्री वितरण गरिने प्रतिवद्धता जनाए ।

सुर्खेतका अध्यक्ष खड्काले ३५ हजार मूल्य बरारको प्रेसर कुकर, युवा संघ केन्द्रीय सचिवालय सदस्य विनोदसिंह विष्ठले ३० बोरा चामल, केन्द्रीय सदस्य टेकराज आचार्यले १० बोरा चामल, केन्द्रीय सदस्य बासु आचार्य र याम भट्टराईले १० बोरा चामल, केन्द्रीय सदस्य गणेश खनाल, किरण सापकोटा लगायतले सहयोग गरेका हुन्

। गत चैत २१ गते ढिपुमा आगलागी हुँदा २९ घर पूर्ण रुपमा र १६ घर आंशिकरुपमा क्षतिग्रस्तु भएका छन्भने पोख्रेमा २० घरमा क्षति भएको बताइएको छ ।

आगलागीपीडितलाई  युवा संघको राहत

YUGAAWHAN NATIONAL DAILY (2078-01-03)

आगलागीपीडितलाई  युवा संघको राहत

सुर्खेतसहित चौध जिल्लामा विद्यालय नजान सरकारको आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *