मन्त्रीले पत्र लेखेपछि सचिवको सरुवा

सुर्खेत, ४ चैत ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयका सचिवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारवाहीको माग गर्दै मन्त्री रावलले मुख्यमन्त्री शाहीलाई पत्र लेखेका हुन् । मन्त्रालयका कुनै कामहरु नभएको भन्दै सामाजिक विकासमन्त्री 

रावलले सचिव पौड्याललाई कारवाहीको मागसहित फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेको पाइएको हो । ‘सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाजभन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक वर्ष २०७७÷०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्ने सम्मको कार्य गरेनन्,’ मन्त्रीले लेखेको

पत्रका भनिएको छ, ‘सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारवाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’ सामाजिक विकासमन्त्री रावलको यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारवाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर संघीय मामिलाले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ ।

मन्त्रीले पत्र लेखेपछि सचिवको सरुवा

थलिए ‘सुइना कर्णालीका’का कलाकार

मन्त्रीले पत्र लेखेपछि सचिवको सरुवा

सम्पादकी ःविकासको संकेत

Leave a comment

Your email address will not be published. Required fields are marked *