कर्णालीका बहुसंख्यक युवा बेरोजगार,,माहामारीमा पनि विदेश जानेको ताँती

सुर्खेत, ५ फागुन ।

कोरोनाको त्रास कम भएको छैन । तर महामारीकैबीच विदेश जाने कर्णाली प्रदेशको ताँती नै लागेको छ । हजारौँ युवाहरु भारत पुगेको छन् । सयौँ युवाहरु विदेश उड्ने तयारीमा छन् । विदेश जानको लागि पासवर्ड लिनेको ताँती पनि उत्तिकै छ । महामारीकै बीच सुर्खेतका एक हजार तीनसय ७३ जनाले राहदानी छन् ।   

जसमध्ये चारसय ९२ जनाले द्रुत माध्यमबाट पासवर्ड लिएका हुन् । त्यस्तै महामारीकै बीच पुनः श्रम स्वीकृति लिनेको संख्या पनि कम छैन । श्रम तथा रोजगार कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनामा कर्णालीका दुईसयभन्दा युवाले विदेश उड्नका लागि पुनःश्रम स्वीकृत लिएका छन् । भदौदेखि हालसम्म दुईसय ३६ जनाले विदेश उड्नका लागि पुनःश्रम स्वीकृत लिएका हुन । यसरी महामारीमै विदेश जानुको एउटै कारण कर्णालीको बेरोजगारी समस्या हो । प्रदेशमा रोजगार नहुँदा हरके बर्ष कर्णालीका युवाहरु विदेश पलाएन हुनु परेको छ ।

पछिल्लो तिन बर्षको अवधिमा मात्र कर्णालीबाट पुनःश्रम स्वीकृती लिएर जानेको संख्या बर्षेनी बढ्दो छ । श्रम तथा रोजगार कार्यालय कर्णाली प्रदेशका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा नौसय २६ जनाले श्रम स्वीकृती लिएका छन् । यो संख्या बढेर गत आर्थिक वर्ष २०७६÷२०७७ मा दुई हजार २६ जनाले पुनःश्रम स्वीकृत लिएको कार्यालय प्रमुख सुनिता दर्लामीले बताइन ।

२०७५ मंसिर १२ गते स्थापना भएको कार्यालयले माघ २६ गतेदेखि पुनःश्रम स्वीकृतीको दिन थालेको हो । भिजा, पासवर्ड, तलव, म्याद, बीमा लगायतका कुराहरुलाई हेरेर मात्र पुनःस्वीकृत दिइन्छ । वैदेशिक रोजगारीमा जानेमा प्राय सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट लगायतका छन् । रोजगारीमा जानेहरु धेरैजसो युएई, साउदी अरब, दुबै, कतार, मलेसियामा छ । गाउँघरमै रोजगारीको सृजना नहुँदा नै विदेशीने दर बढेको हो ।

सात महिनामा सुर्खेतका १२ सयलाई राहदानी

कोरोना महामारीकै बीच सुर्खेतका एक हजारभन्दाबढी नागरिकले राहतदानी लिएका छन् । पछिल्लो सात महिनामा एक हजार दुईसय ७३ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी श्रीसमसेर रानामगरले जानकारी दिए । जसमध्ये चारसय ९२ जनाले दु्रत गतिबाट राहदानी लिएका छन् । प्रशासनले सिधै श्रम तथा रोगजार कार्यालयबाट श्रम स्विकृत लिन चारसय ९२ जनालाई सिफारिस दिएको हो । त्यस्तै जिल्ला प्रशासनबाटै सातसय ८१ जनाले राहदानीका लागि सिफारिस लिएका हुन् ।

पछिल्लो सात महिनामध्ये लकडाउन खुकुलो भएदेखि राहदानी लिनेको संख्या बढ्दो छ । गएको कात्तिक, मंसिर, पुस र माघ महिनामा राहदानी लिनेको संख्या बृद्धि भएको हो । तथ्याङ्क अनुसार कात्तिकमा एकसय ४६ जना, मंसिरमा तीसय ११ जना, पुसमा दुईसय ९७ जना, माघमा तीनसय ३० जनाले राहदानीका लागि सिफारिस लिएका हुन् । त्यस्तै साउनमा ४६ जना, भदौमा २९ जना र असोजमा एकसय १५ जनाले राहदानीका लागि सिफारिस लिएका हुन् । रोजगारी तथा अन्य सिलसिलामा तेस्रो मुलुक जान राहदानी लिने गरिन्छ ।
५५ प्रतिशत युवा भारतमा
कर्णाली प्रदेशका झण्डै ५५ प्रतिशत युवाहरु भारत जाने गरेको सरकारको तथ्यांङ्क छ । भारतमा जाने व्यक्तिहरुको संख्या एकिन नभएपछि झण्डै ५५ प्रतिशत युवाहरु भारत जाने गरेको श्रम तथा रोजगार कार्यालयको अनुमान छ । ‘कर्णालीका झण्डै ५५ प्रतिशत युवाहरु भारत जान्छन्, उनीहरुको एकीन तथ्याङ्क छैन’ दर्लामीले भनिन्, ‘भारत जान श्रम स्वीकृत लिनु नपर्ने भएका कारण तथ्याङक छैन ।’

गाउँमा खेतीको काम सकिएपछि युवाहरुको भारत जाने लर्को लाग्दछ । यहाँका अधिकाँश युवाहरु भारतको उत्तराखण्डका विभिन्न जिल्ला र मुम्बईमा जाने गरेका हुन् । भारत जाने युवाहरुले होटेल, रेष्टुराँ, सेक्युरिटीगार्ड र दैनिक ज्यालादारी काम गर्छन् ।

प्रदेशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने उद्योगधन्दाहरु नहुँदा जीवीको पार्जनको लागि विदेश जानुपर्ने बाध्यता छ । कर्णाली प्रदेश सरकारको तथ्यांङ्क अनुसार कर्णाली प्रदेशमा पाँचसय ५१ वटा मात्रै रोजगारमूलक उद्योगहरु छन् ।

कर्णालीका बहुसंख्यक युवा बेरोजगार,,माहामारीमा पनि विदेश जानेको ताँती

तीन वर्षमा सातसय ८७ किलोमिटर नयाँ सडक

कर्णालीका बहुसंख्यक युवा बेरोजगार,,माहामारीमा पनि विदेश जानेको ताँती

गाउँपालिका अध्यक्षले लगाए विद्यालयमा ताला

Leave a comment

Your email address will not be published. Required fields are marked *