बौद्ध ग्रामीणको वीरेन्द्रनगरमा इकाई भेला

सुर्खेत, १६ पौष ।
बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–९, लाटीकोइली सुर्खेतको २० औ बार्षिक साधारणसभा कार्यक्रम अन्तरगत इकाई ७ को भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बौद्ध ग्रामिणले हालसम्म सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला गरी ४ जिल्लामा २१ वटा सेवाकेन्द्र मार्फत गरीव तथा विपन्न वर्गका परीवारहरुलाई विभिन्न आयआर्जनका काममा सहभागी गराई उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सबल र सक्षम बनाउँदै आएको छ ।

इकाइ भेलामा सुर्खेत जिल्लामा रहेका, सहकारी कार्यालय लाटीकोइली, शाखा कार्यालय लाटीकोइली, सुन्दरनगर, मुलपानी, साटाखानी र मटेला शाखामा आवद्ध सदस्यहरुको भर्चुअल सहभागीता रहेका थियो । उपस्थित सम्पुर्ण अतिथी र शेयर सदस्यलाई स्वागत मन्तवय मार्फत संस्थाका प्रबन्धका रामु सुबेदीले स्वागत गर्नुभएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बिशाल के.सी. ले बार्षिक आर्थिक प्रतिवेदन, सचिव पासाङ महतराले आ ब २०७६।०७७ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको लघुवित्त कार्यक्रमतर्फ उत्कृष्ट कारोबार गर्ने प्रथम, दोस्रो र तेस्रो केन्द्रहरु, उत्कृष्ठ बचतकर्ता, असल ऋणी तथा उत्कृष्ठ लघु उद्यमी सदस्यलाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रम संस्थाका का.बा. अध्यक्ष सिंह बहादुर गुरुङको सभापत्विमा र वीरेन्द्रगर नगरपालिकाका वडा न. ९ का वडा अध्यक्ष सुरेश मान्नधरको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । सहकारी मन्त्रालयले जारी गरेको साधारणसभा सञ्चालन निर्देशिका र सहकारी नियम अनुसार र विश्व महामारीको रुपमा फौलिएको कारोना महामारीको जोखिमलाई ख्याल गर्दै सात एकाइ भेला मार्फत बार्षिक साधारणसभाका कार्यक्रमहरु सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बिशाल के.सी. ले बताउनुभएको छ । संस्थाको केन्द्रिय साधारण सभा अन्तरगत इकाई प्रतिनिधिहरुको भेला एवंम अन्तिम निर्णय प्रमाणीकरणको कार्यक्रम वीरेन्द्रनगर–९ स्थिति केन्द्रिय कार्यालयमा हुने बताइएको छ ।

बौद्ध ग्रामीणको वीरेन्द्रनगरमा इकाई भेला

असंवैधानिक कदम झ्याप्प–झ्याप्प

बौद्ध ग्रामीणको वीरेन्द्रनगरमा इकाई भेला

YUGAAWHAN NATIONAL DAILY (2077-09-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *