इन्जिनियरहरुको भेलाबाट अध्यक्षमा तिवारी

सुर्खेत, ६ कार्तिक ।
नेकपा पार्टी निकट इन्जिनियरहरु प्रोगेसिप इन्जिनियरिङ्ग एसोशियसन नेपाल (पिइएएन) जिल्ला कार्यसमिति सुर्खेतको भेला विहिबार वीरेन्द्रनगरमा भेला सम्पन्न भएको छ । भेलाले इन्जिनियर बालाराम तिवारीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा इन्जिनियर होमराज थापा, सचिवमा इन्जिनियर बम बहादुर भण्डारी, कोषाध्यक्ष इन्जिनियर सागर लम्साल चयन हुनुभएको छ । सचिवालय सदस्यमा क्षेत्र बोहोरा, नारायण पोख्रेल, वीरेन्द्र बुढा थापा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा छिनिङ्गलाल थापामगर, असिम गौतम, रुपेश कठायत, ज्वाला प्रकाश पुलामी, अंजली पोख्रेल, रञ्जु रेग्मी, टोप नारायण पौडेल, गणेश भण्डारी, प्रकाश आचार्य, इश्वर विष्ट, खेमराज पोख्रेल, कृष्ण खड्का, सैलेन्द्र गिरी, उत्तम चौलागाई चयन हुनुभएको छ ।






