लागूऔषधसहित पक्राउ

बाँके, २ असोज । 

प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।  नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरूका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको छ । उनीहरूका साथबाट ५१ दशमलव ५४ ग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए । 

पक्राउ परेकाका साथबाट प्रहरीले मोटरसाइकल, डिजिटल, तराजु, एनसेलका सिमकार्ड नौ थान, एनटिसीका तीन थान सिमकार्ड बरामद गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक लाख ४६ हजार, रु ९९ हजार, विभिन्न कम्पनीका किप्याड मोबाइलका तीन थान बरामद गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लागूऔषधसहित पक्राउ

भोटेकोशी बाढीः जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

लागूऔषधसहित पक्राउ

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *