जोखिमपूर्ण यात्रामा रहेका ४६४ को उद्धार

बाँके, २३ भदौ । 
जोखिमपूर्ण यात्रामा रहेका ४६४ जनालाई बाँकेको नेपालगन्जस्थित जमुनाहानाकाबाट उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०८२/८३ मा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेकालाई सीमानाकाबाट उद्धार गरेको हो ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार उद्धार गरिएकालाई आवश्यक परामर्शपश्चात् सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको हो । आर्थिक प्रलोभन, चेतनाको कमी, घरायसी समस्या र प्रविधिको असन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ्दो छ ।
“हामीले नाकामा कडाइ र भारतबाट उद्धारको प्रयास गरिरहेका छौँ, तर खोजतलासका लागि आउने निवेदनको चापले समुदायस्तरमै व्यापक सचेतना र सरकारी तहबाट रोजगार तथा सुरक्षाको ठोस नीति आवश्यक छ भन्ने देखाउँछ”, संयोजक कोइरालाले भने ।
खुला सीमा, विपन्नता र चेतनाको अभावका बीच गैरसरकारी संस्था र प्रहरी प्रशासनको निगरानीले धेरैको जीवन जोगिए पनि हराइरहेका सयौँ नागरिकको खोजी र पुनर्स्थापना अझै चुनौतीका रूपमा रहेको उनको भनाई छ ।
सीमानाकामा सतर्कताका बाबजुद विभिन्न प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र गलत सूचनाका कारण भारत पुर्याइएर श्रम तथा यौन शोषणमा परेका १० जनालाई सोही अवधिमा उद्धार गरी स्वदेश फर्काइएको छ । माइती नेपालले भारतीय प्रहरी, दूतावास र स्थानीय गैरसरकारी संस्थासँगको समन्वयमा भारतका विभिन्न सहर र कोठीबाट उनीहरूको उद्धार गरेको संयोजक कोइरालाले बताए ।
हराएका आफन्तको खोजतलास र उद्धारका लागि माइती नेपाल नेपालगन्जको कार्यालयमा गत आर्थिक वर्षमा एक हजार १८ निवेदन परेकामा ५६८ जना फेलापरेका छन् । यस्तै, ४५० जनाको स्थिति अज्ञात रहेको कोइरालाले जानकारी दिए ।
उनका अनुसार मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन संस्थाले निरन्तर कानुनी सहायता प्रदान गर्दै आएको छ । गत वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धका तीन मुद्दामा पीडित र प्रभावितलाई माइती नेपालले प्रत्यक्ष कानुनी सहायता उपलब्ध गराएको थियो ।
जोखिमपूर्ण यात्रामा रहेका ४६४ को उद्धार

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

जोखिमपूर्ण यात्रामा रहेका ४६४ को उद्धार

स्वास्थ्य बिमाबाट भेरी अस्पतालमा उपचार लिने बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *