चन्दा बाकसमा संकलित रकम बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा

सुर्खेत,१४ भदौ ।
वीरेन्द्रनगर–६, घण्टाघर लाइनस्थित खड्का होटल परिसरमा करिब तीन वर्षदेखि राखिएको चन्दा बाकसमा संकलित रकम बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
होटलका अभिभावक स्वर्गीय शिवराज खड्काको योजनाअनुसार असहाय तथा विपन्न नागरिकलाई सहयोग जुटाउने उद्देश्यले राखिएको चन्दा बाकस आइतबार प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारका सदस्यहरूको रोहवरमा खोलिएको हो।
चन्दा बाकसबाट ७ लाख १८ हजार ६ सय १८ रुपैयाँ संकलन भएको छ। त्यसमा खड्का होटल परिवारले थप १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेपछि कुल रकम ८ लाख ६९ हजार ६ सय १८ रुपैयाँ पुगेको छ।


खड्का परिवारले उक्त सम्पूर्ण रकम हालै धादिङ, नुवाकोट, रसुवा, गोरखा, चितवनलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

विपन्न तथा असहायलाई सहयोग गर्ने उद्देश्यले वर्षौंदेखि संकलन गरिएको रकम व्यक्तिगत प्रयोजनमा खर्च नगरी विपद्मा परेका नागरिकको सहयोगमा समर्पण गर्ने खड्का परिवारको निर्णयलाई सामाजिक सेवाको अनुकरणीय उदाहरणका रूपमा लिइएको छ।
खड्का होटल परिवारले विपद्को समयमा देखाएको मानवीय सहयोगप्रति स्थानीय सरोकारवालाले आभार व्यक्त गर्दै अन्य व्यक्ति तथा संस्थालाई पनि बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेका छन्।

चन्दा बाकसमा संकलित रकम बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा

नवलपरासी पश्चिममा तीन दिनमा ५४ शव र

चन्दा बाकसमा संकलित रकम बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा

गाईजात्रासँगै सुरु भयो जुम्लाको लामो जात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *