जुम्लामा चारजना निवृत्त कर्मचारीले ई–पेन्सन सेवा लिए 

जुम्ला, ८ भदौ । 

हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा पाएपछि निवृत्त कर्मचारीलाई निकै सहज भएको छ । पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि ई–पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएका छौँ । गतवर्ष चारजना कर्मचारीले ई–पेन्सन सेवा जिल्लाबाटै लिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक अछामीकोे भनाई छ । 

सो सेवाअन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रूपमा सेवा लिएका छन् । क्रमशः यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रशासकीय अधिकृत सत्यबहादुर भण्डारी, आयुर्वेद कर्णाली प्राविधिक कार्यालयका पाँचौ तहका कार्यालय सहयोगी धर्मप्रसाद खनाल र गुठीचौर गाउँपालिका पाँचाँै तहका कार्यालय सहयोगी धर्मनन्द धितालले निवृत्तको ई–पेन्सन सेवा लिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक अछामीले बताए ।

कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । ई–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौँ जाने बाध्यता हटेको छ । समय र खर्चको बचतसमेत भएको छ । सेवा प्रवाहलाई थप डिजिटल बनाउन लागिपरेको कोष नियन्त्रकको कार्यालयले जनाएको छ ।

जुम्लामा चारजना निवृत्त कर्मचारीले ई–पेन्सन सेवा लिए 

एचआइभीका नयाँ रोगी पहिचान  

जुम्लामा चारजना निवृत्त कर्मचारीले ई–पेन्सन सेवा लिए 

मलको अभावले बर्दियाका किसान सीमापारिको भरमा ७०

Leave a comment

Your email address will not be published. Required fields are marked *