प्याब्सन सुर्खेतको आफ्नै भवन निर्माण अभियान सुरु

सुर्खेत,१ भदौ ।
प्याब्सन सुर्खेतको जिल्ला भेला शनिबार वीरेन्द्रनगरमा सम्पन भएको छ । संस्थाको आफ्नै भवन निर्माणका लागि आवश्यक आर्थिक स्रोत संकलन गर्ने सम्बन्धि महत्वपूर्ण प्रस्ताव पारित गर्दै भेला सम्पन्न भएको छ ।
यो ऐतिहासिक भेलाले सुरु गरेको “आफ्नै भवन निर्माण” अभियानलाई सफलताको शिखरसम्म पुर्याउन सम्पूर्ण प्याब्सन परिवारको निरन्तर साथ, सहयोग र एकताको अपेक्षा गरिएको छ । “एकता, सहकार्य र संकल्प—प्याब्सन सुर्खेतको आफ्नै भवन निर्माणको बलियो आधार” भन्ने मुल नारासहित भेला सम्पन्न भएको छ ।
प्याब्सन सुर्खेत जिल्ला अध्यक्ष छत्रबहादुर बडुवालको अध्यक्षता तथा प्याब्सन केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीज्यूको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि सागर भुषाल, केन्द्रीय सदस्यहरू, प्याब्सन कर्णाली प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, नगर अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरू, सदस्य विद्यालयका संस्थापकहरू, प्रिन्सिपलहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।






