योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,१९ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकायलाई जिम्मेवार ढंगले काम गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिएका कार्यको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आयाेजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अलपत्र नपार्न निर्देशन दिनुभएको हाे । विद्यालय भवन निर्माण लगायत सुरु भएका योजना समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले काम गर्ने शैली र कार्यसम्पादनको तौरतरिका परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तालिम, गोष्ठी र सेमिनारभन्दा प्रत्यक्ष प्रभाव र उपलब्धि दिने कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री आचार्यले कार्यविधि निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिनुभयो । साउन र भदौ महिनाभित्र आवश्यक कार्यविधि तयार गरी असोजदेखि कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सम्पन्न हुन सक्ने योजनालाई पहिलो प्राथमिकता दिन र पूरा गर्न नसकिने योजना अघि नबढाउन निर्देशन दिनुभयो । १० लाख रुपैयाँभन्दा माथिका योजनामा ठेक्का प्रक्रिया अपनाउन र १० लाख रुपैयाँभन्दा कम लागतका विद्यालयसम्बन्धी योजनाहरू कोटेसनमार्फत नभई सम्बन्धित विद्यालयसँग सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने उहाँको निर्देशन थियो ।

मुख्यमन्त्री आचार्यले मन्त्रालय, निर्देशनालय तथा मातहतका सबै निकायले आफ्नो कार्यसम्पादनलाई जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने बताउनुभयो । बजेटको सही कार्यान्वयन, जनपक्षीय सेवा, उपलब्धिमूलक कार्यक्रम र सहज सेवा प्रवाहमा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो ।

वार्षिक समीक्षा कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्याल लगायतले सामाजिक विकास मन्त्रालयको वार्षिक प्रगतिको समीक्षा गर्नुभएको थियो ।

योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना

योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन

सिङ्गापुरमा नेपाल लिकर्सका सीईओ अभनिश तुलाधर सम्मानित,

Leave a comment

Your email address will not be published. Required fields are marked *