शान्तिले सम्हालिन्:गुठीचौरको नेतृत्व

गाेल्डेन बुढा

जुम्ला,१८ साउन ।

गुठीचौर गाउँपालिकाको नेतृत्वलाई लिएर दुई महिनादेखि जारी कानुनी र राजनीतिक विवाद अन्ततः सर्वोच्च अदालतको फैसलासँगै टुंगिएको छ। दल परिवर्तनपछि पद गुमाएका गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पद पुनर्वहालीको माग गर्दै दायर गरेको उत्प्रेषणको रिट सर्वोच्च अदालतले खारेज गरेपछि निर्वाचन आयोगले गरेको पद रिक्तसम्बन्धी निर्णय यथावत् कायम भएको छ। अदालतको फैसलालगत्तै उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्।सर्वोच्च अदालतले साउन १२ गते अध्यक्ष बुढाको रिट खारेज गरेपछि गाउँपालिकामा देखिएको नेतृत्वको अन्योल औपचारिक रूपमा अन्त्य भएको हो। त्यसपछि उपाध्यक्ष भण्डारीले शुक्रबार( साउन )१५ गते कार्यवाहक अध्यक्षको पदबहाली गरेकी हुन्।गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। दोस्रो स्थानीय तह निर्वाचन–२०७९ मा नेपाली कांग्रेसबाट निर्वाचित उनी कार्यकाल पूरा हुन करिब एक वर्ष बाँकी रहँदै अर्को दलमा प्रवेश गरेपछि राजनीतिक र कानुनी विवाद सुरु भएको थियो।रास्वपा प्रवेश गरेलगत्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले उनीमाथि कारबाहीको सिफारिस गरेको थियो। त्यसपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बुढाले दल त्याग गरेको निर्णय गर्दै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको थियो। सोही जानकारीका आधारमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम अध्यक्ष बुढाले दल त्याग गरेको निष्कर्ष निकाल्दै आयोगको २०८३ असार ८ गतेको निर्णयअनुसार उनको पद स्वतः रिक्त भएको जनाएको थियो। आयोगले असार ९ गते पद रिक्त भएको सूचना सार्वजनिक गरेसँगै उनी पदमुक्त भएका थिए।

निर्वाचन आयोगको निर्णयविरुद्ध अध्यक्ष बुढाले आयोग र नेपाली कांग्रेसलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए। उनले आफूलाई राजनीतिक दलले नभई गुठीचौरका जनताले निर्वाचित गराएको भन्दै पद खोस्ने निर्णय बदर हुनुपर्ने माग गरेका थिए। तर सर्वोच्च अदालतले उनको जिकिरलाई स्वीकार नगरी रिट खारेज गरेपछि आयोगको निर्णयले पूर्ण कानुनी आधार पाएको छ।अदालतको फैसलासँगै गुठीचौर गाउँपालिकाको नेतृत्व उपाध्यक्ष शान्ति मल्ल भण्डारीले सम्हालेकी छन्। स्थानीय सरकार सञ्चालनमा देखिएको नेतृत्वको अन्योल पनि यससँगै अन्त्य भएको छ।दानबहादुर बुढाको राजनीतिक यात्रा भने निरन्तर दल परिवर्तनसँग जोडिएको देखिन्छ। २०५७ सालमा माओवादी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका उनी त्यसपछि एमाले हुँदै स्थानीय तह निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दा उनले ६ सय ७९ मत प्राप्त गरी पराजय बेहोरेका थिए। दोस्रो पटक भने एक हजार ७ सय ७५ मत प्राप्त गर्दै गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। तर कार्यकाल सकिन बाँकी रहँदै रास्वपामा प्रवेश गर्ने निर्णयले अन्ततः उनको निर्वाचित पद नै गुमेको छ।

शान्तिले सम्हालिन्:गुठीचौरको नेतृत्व

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय

शान्तिले सम्हालिन्:गुठीचौरको नेतृत्व

शान्तिले सम्हालिन्:गुठीचौरको नेतृत्व

Leave a comment

Your email address will not be published. Required fields are marked *