घुयँत्राे:”शंकरजीको नयाँ अनुसन्धान : एमालेमा भ्रष्टाचार खोज्नेले चश्मा फेर्नुपर्छ रे!”

हँसाउनुकाे पनि सिमा हुन्छ नि यार! कामरेड शंकर पाेखरेलज्यु । तपाईं ले त मान्छेकाे हुरुक्कै प्राण जानेगरि पाे हँसाउनु भाे यार ! तपाईं ले कहाँ र कुन चाईँ एमाल्या कार्यकर्तालाई देख्नु भाे र ” नेपालका राजनितीक दलका नेता तथा कार्यकर्ताँ सबैभन्दा ईमान्दार र अभ्रष्टाचारी कार्यकर्ता र नेता भन्या एमालेहरु नै हुन भनेर ग्यारेन्टी गर्नु भाे त हँ ? हाे यस्तै यस्तै कुरा गर्नु हुन्छ र त जनतालाई मेट मिचि मिचि हाँस्न मन लाग्छ के ।कस्का अगाडि भन्नू भा काे कुन्नि यस्तो कुरा ! तर क्यार्नु कुन चाईँ महानुभावले हजुरका कुरा सामाजिक सञ्जालाँ हाल्दि हालेछ अनि तपाईंले भन्या कुरा पढेछि त मुटुनै बाउँडिने गरि हाँसियाे तनि । हँसाउने कलाँ तपाईं नि वलि भन्दा कम हुनु हुँदाे रैनछकि जस्ताे लायाे के? के ! याे ३५ बर्ष शासन गर्दा तपाईंका नेता कार्यकर्ताले कतै भष्टाचार गरेनन् त! त्यसाे भए २/४ वटा उदाहरण मात्रै दिम है त ती भष्टाचार कल्ले गर्यारैछन अनि बल्ल था पाउनु हाेला । जस्ताे झापा गिरिबन्धु टि काण्ड भन्छन नि त्याे भष्टाचार गर्ने केपि वलि एमाले हैन्छन कि क्या? अनि त्याे रामदेववाला जग्गा काण्ड गर्ने माधब नेपाल कुन पाटियाँ थे कुन्नि ? अनि काेरानाँ आैषधि काण्ड गर्ने ढकाल मन्त्री काे रैछन कुन्नि । त्यसपछि पाेखराँ जग्गाकाण्ड मच्चाएर मन्त्रीबाट फुत्किने गुप्ताचाईँ एमालेका हुन कि अरु काेई हुन ? अनि पानीटंकियाँ पैशा लुकाउने ईश्वर पाेखरेलाई चिन्नु हुन्छकि हसन्न कुन्नि जनताले त एमालेकै हुन भन्ने चिन्या छन ।तर उनी कुन पाटिका हुन आँफै छुट्याउनुस हैत । भाे ह्याँ धेरै उदाहरण देर काम छैन । एमालेकाे कर्मचारी हुम् भनेर अफिस अफिसका संगठन संगठन देखि नेतातथा कार्यकर्ताँका आडाँ एमाले र एमालेका शाखासन्तान सम्मले कति भष्टाचार गरे भन्ने कुरा त अरु कसैले नभनेनि तिनै तपाईंहरले आफ्नो साख्खै भनेर नियुक्त गर्या अख्तियार प्रमुख प्रेमकुमार राईल्यै भन्लान के रे ! त्यै भएर जबजब एमाले सरकाराँ रह्याे वा अघिपछि एमनले कार्यकर्ता र नेता जाेडिया भष्टाचारका मुद्दा कति छन यसाे उपलब्ध गराई दिनु पर्याे भन्नाेस त उनैले उपलब्ध गराई दिन्छन नि डेटा । त्यसैले जाे महान भष्टाचारी छन र तिनरु त्यसैमा रम्न चाहन्छन र समाजमा एमालेका नामले परिचित छन । ती मान्छेलाई एमाले हैनस भन्दा कति पिर मान्छन हाेला बिचार गर्नु भाछ । याे कुरा सुनेभने भख्रै भष्टाचारी र मान्छे बेचबिखनमा प्रमाणित भा का टाेपबहादुर रायमाझीले कति दुख मान्लान कि एमाले भष्टाचारी हुन्नन् भन्दा । जेलबाट कैले निस्किमला र फेरि चुनाब लडेर भष्टाचारी गाैरवगाथा कायम गरम्ला भनेर उनी दिन गन्ने अनि पाटिकै महासचिवले एमालेहरु भष्टाचारी हुन्नन भन्देछि कार्यकर्ता साख कति गिर्ला भन्नुस त ! त्यसैले मत भन्छु अब तपाईं अब कतै बाेल्दा वा कार्यकर्ता र अँझ विशेष गरि वलिका अगाडि बाेल्दा ” याे देशाँ भष्टाचार नगर्ने ब्यक्ति एमाले हुनै सक्दैन” भनेर एमाले कार्यकर्ताकाे मिनिमम याेग्यता भष्टाचारलाई बनाई दिनाेस त तपाईंका कार्यकर्ता तपाईंशीत कति खुशि हुन्छन । त्यसैले महासचिव ज्यु अबकाे जमाना भन्या भष्टाचार नगर्ने र उटपट्याङ् नगर्नेकाे हैन । बरु जति सक्याे भष्टाचार गर्ने हत्या आतंक र अशान्ति मच्चाउनेका छन । त्यसैले यसाे बिचार पुर्याएर बाेल्नु पर्ला है अन्यथा फेरि आउने चुनाबाँ नि अयाेग्य हुनु हाेला । अनि तपाईंहरु जत्तिकाे मान्छे चुनावाँ देशै भरियाट याेग्य बन्ने स्थिति वा अबसर आएन भनेत याे देशाट कमिनिष्ट भन्ने जातै भुटियला त हँ । देशाट कमिनिष्टै सक्कियाे भनेत वलिबाकाे अरु २५ बर्ष पाटि अध्यक्ष र सरकार प्रमुख बन्ने सपना काँट पूरा हाेला त ! कुराे बुझ्नु भाे त महासचिव ज्यु ।हास्यास्पद व्यङ्यात्मक शीर्षक बनाइदिनु होला

घुयँत्राे:”शंकरजीको नयाँ अनुसन्धान : एमालेमा भ्रष्टाचार खोज्नेले चश्मा फेर्नुपर्छ रे!”

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल

Leave a comment

Your email address will not be published. Required fields are marked *