घुयँत्राे:”जनताले भोट दिए सरकार बनाउन, नेताले खोजे सडकबाट हटाउन!”

पाईलै पिच्छे, संविधान र कानुनका कुरा गरेर नथाक्ने प्रचण्ड हिजाे आज फेरि सडक क्रान्तिका कुरा गरेर थाक्याछैनन् त हाे । रास्वपाले दुई तिहाइकाे सरकार बनाकाे चार मैनानि भा छैन ।तर प्रचण्ड भने खुलेआम दुईतिहाइकाे सरकार विरुद्ध राजधानीयाँ ७ लाख जनता उतार्ने अनि जिल्लाँ जिल्लाँ एकुनलाख जनतालाई सडकाँ ल्याएर आन्दोलन गरेछि याे सरकार कसरी ढल्दैन हेरम्न त ! भन्छनत हँ कमरेड प्रचण्ड त । याे देशाँ काँग्रेस एमाले र माओवादि बाहेक खरुले सत्ता चलाउनै नपाईने हाे कि क्या हाे ? आखिर रास्वपा हरलेनि चुनाब लडेर दुई तिहाई मत ल्याएरै सरमार बना हुन क्यारेर ! चुनाकाँ धाँधली गरे भनम भनेनि चुनाबमा पर्यबेक्षण गर्ने अन्तर्रराष्टिरुपाँ चुनाब पर्यबेक्षण गर्ने संसादेखि लेर चुनाबा लडेकै दफले समेत कतै धाँधली भा काे कुरा गरेन, ईभन चुनाब लडने यिनै प्रचण्डले नि चुनाबाँ धाँधली भाकाे कुरा उठाएनन त ऐले फेरि दुई तिहाईकाे सरकार विरुद्ध आन्दोलन गर्ने कुरा के नाकले उठा हुन के !? कि त दुई चार मैना सत्ता बाईर बस्या अकुल्याईँ छुट्याे कि क्या सत्ताँ जाने । अब आन्दोलन र सत्ताकाे कुरा नगरम प्रचण्डज्यु ,गरेनि ५ र्षकाे अबधि पछि गर्ने हाेला त ! प्रजातन्त्रकाे कुरा गर्ने, चुनाबि प्रणालि मान्ने, अनि चुनाब जितेर गा काे दललाई राज्य गर्नै नदिने यस्ताे पनि कइँ हुन्छ ! तपाईंले साेच्नु भा हाेला , हामी भन्या माओवादि हुम , हाम्ले चाहेछि दिन दहाडै मनन्छे मार्नलसक्छम् लुट मच्चाउन सक्छम् त्यसैले गर्दा हाम्ले आन्दाेलनकाे कुरन गरिम भने जनता खुरुक्क सडकाँ आउँछन चुभन्नु भा हाेला । माफ गर्नु हाेला प्रचण्ड कमरेड आजकाे दिना बाग्मतियाँ धेरै पानी बगिसक्याछ नत हिजाेका गिरिजा प्रसाद जस्ता नेता आज छन र तपाईं शीत डराएर खुरुक्क सत्ताँ पुर्याउने र कुम जाेडेर हिँडने? आजका युवा भनाैँ कि नेता भनम् तपाईहरु भन्दा दुई गुना अगाडि छन । जब आन्दोलन गर्न र्पर्याे भने शाकाहनरी आन्दोलन गर्नै जान्दैनन सिदै मांसहारी आन्दोलन गर्छन । देख्नु भएन भदाै २३ /२४ मा कसरी आगजनि र लुटपाट गरे । आन्दोलन भन्ने बित्तिकै लुटपाट र काटमार नै हाे भन्ने बुझेका जेनजीहरुले एकै दिनाँ कसरी देश खरानी बनाई दे । निजि मात्रै हाे र सरकारी सम्पति नि पूरै खरानी बनाएर देशले गाैरव गर्ने धराेहरहरु समेत कसरी नष्ट गरे यति छिटै विर्सिनु भाे कि क्या प्रचण्ड कमरेड । त्यसैले फेरि सर्वसाधारण जनताकाे जिउज्यान र सम्पतिकाे हानि नाेक्सानि गर्ने कुरै नगर्नाेस । अबका ५ बर्ष मान्छे सडकाँ ल्याउने सरकारका काममा किचलाे थाप्ने ,कामै गर्न नदिने जस्ता साेचबाट परै रहनुस । बरु ३५ बर्षसम्म हाम्ले गर्न जानेन्छम् कसरी गर्ने हाेईछ त यिनरले गरेकाे हेर्नू पर्याे भनेर हेर्ने हैन र ? वलि जस्तै बतुराउँदै हिँडेर हुन्छ र ? हुनत तपाईं नि कमिनिष्टै हाे वलिसित नमिलेर सुख त छैन ।तर, कपाेलकल्पित कुरा गरेर नथाक्ने वलिका हरेक कुराँ सहि थाप्नु पर्छ भन्ने नि त छैन हाेला । कमसेकम तपाईंहरु जनताकाे विश्वास जित्न अँझै १५ बर्ष सत्ताकै लागि संघर्ष गरिरहनु पर्ने जस्ताे देखिन्छ । जनताले रास्वपालाई भाेट यिनरले राम्राे गरे वा गर्छन भनेर द्या हैनन् तपाईंहरुले ३५ बर्ष जुन ताडना दिनु भाे र जनताका कुरा नसुनेर आफ्नाे ,परिवारकाे, दलालकाे, भष्टाचारीकाे , कर्मचारीकाे रझाेलेहरुकाे कुरा सुनेर जनतालाई निचाेर्नु भाेनि हाे त्यसकै विरुद्ध जनताले अर्कोलाई छान्न साहस गरेका हुन त्यसैले अबका १५ बर्ष जनताका घरघर पैसाकाे बिटाे फलाएनि वा सुनकै हात्ती लगेर बाँधेनि तपाईंहरलाई जनताले पत्याउने वाला छैनन । त्यसैले आन्दोलन र दंगा फसाद हैन कि शान्ति र समुन्नतितिर लागम् जनता एक दिन फेरि तपाईंहरकै हुन सक्छन । चेतना भया !

घुयँत्राे:”जनताले भोट दिए सरकार बनाउन, नेताले खोजे सडकबाट हटाउन!”

सम्पादकीय : सडक सुरक्षामा ध्यान देऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *