निजी क्षेत्रको सहकार्यमा विद्यार्थीलाई छात्रवृत्ति

सुर्खेत, ११ असार ।
आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थाका विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन निजी क्षेत्रको सहकार्यमा ६ जना विद्यार्थीलाई शैक्षिक तथा आर्थिक सहयोग प्रदान गरिएको छ । पावर फर एडोसेन्स युथ प्रोजेक्ट (पिएवाईपी) को पहलमा उद्योग वाणिज्य संघ, सेभ द चिल्ड्रेन, स्याक नेपाल, मुक्तिनाथ विकास बैंक, सानिमा विकास बैंक, नमस्ते नेपाल होटल, लक्ष्मी सनराइज बैंक, न्यु प्रभात स्टेशनरी, होटल थकाली, नवदुर्गा छापाखाना, जागृति मोवाइल सेन्टर, मुना डिजाइन सेन्टर लगायत निजी क्षेत्रका संस्थाहरूको सहयोगमा बुधबार सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रोजेक्टका वरिष्ठ संयोजक प्रेम पुनले निजी क्षेत्र नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्वप्रति पनि प्रतिबद्ध रहेको सन्देश दिन सन् २०२५ देखि अभियान सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार गत वर्ष नौ जना विद्यार्थीलाई सहयोग गरिएको थियो भने यस वर्ष ३१ जना विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । सुर्खेत जिल्लाका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत आर्थिक अभाव तथा अन्य विविध कारणले विद्यालय शिक्षा निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई लक्षित गरी सहयोग कार्यक्रम सञ्चालन गरिएको पुनले बताए ।

हाल कक्षा ७, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीलाई सहयोग प्रदान गरिएको र आगामी दिनमा थप विद्यालय तथा विद्यार्थीमा कार्यक्रम विस्तार गरिने उनको भनाइ छ । विद्यार्थी छनोटका लागि विद्यालय तथा घरमै पुगेर पारिवारिक, आर्थिक र सामाजिक अवस्थाको अध्ययन गर्ने, विद्यालयबाट सिफारिस लिने तथा त्यसपछि निजी क्षेत्रसँग समन्वय गरी सहयोग जुटाउने प्रक्रिया अपनाइएको स्याक नेपालका हरिभक्त कोइरालाले जानकारी दिए । उनका अनुसार यस वर्ष सहयोग प्राप्त गर्ने विद्यार्थीमध्ये गणेश तामाङ (कक्षा ९) लाई नमस्ते नेपाल होटलमार्फत १२ हजार रुपैयाँ छात्रवृत्तिवापत प्रदान गरिएको छ ।


यस्तै, हिमाल कार्की (कक्षा ९) लाई प्रभात स्टेशनरीबाट दुई वर्षका लागि आवश्यक स्टेशनरी सामग्री, विपिन सुनार (कक्षा १०) लाई जागृति मोबाइल सेन्टरमार्फत १२ हजार रुपैयाँ तथा सुनिल न्यौपानेलाई मुना डिजाइनमार्फत १२ हजार रुपैयाँ छात्रवृत्तिवापत प्रदान गरिएको छ । त्यस्तै, सनिमा बैंकले दुई जना विद्यार्थीलाई कक्षा ११ र १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका विद्यार्थीलाई निजी क्षेत्रको यस्तो सहयोगले विद्यालयमा टिकाइ राख्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । साथै आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो ।

निजी क्षेत्रको सहकार्यमा विद्यार्थीलाई छात्रवृत्ति

कोहलपुरको नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक:

निजी क्षेत्रको सहकार्यमा विद्यार्थीलाई छात्रवृत्ति

काम खोज्दै जुम्ला पुगे,अहिले कामले खोज्छ: सुरेश

Leave a comment

Your email address will not be published. Required fields are marked *