घुयँत्राे:”अध्यक्ष कि अवकाश? बलीलाई आफ्नैले ‘किक’ हान्ने पालो”

के गर्छाै त वलि बा उ बेला त्यै शंकर र त्यै विष्णु अनि त्यै पृथ्वीले वलिकाे सत्य जाेगाउँछन भनेर लाग्याै र अरुलाई किक हान्याै । अब ऐले आएर जब जेनजिले तिमलाई किक हाने तब ऐले तिम्रा तिनै हिजाे मेरा असलि झाेले भनेका महासचिव र उपाध्यक्ष समेत भका हरले समेत अध्यक्ष पद छाेड अब हामी नेता बन्छम् भनेर घुर्क्याउँदैछन । एमाले भित्रकाे ऐलेकाे किचलाे हेर्दा त बा का पक्षाँ त त्यै याैटा महेश बस्नेत मात्रै हुन्छ कि जस्ताेछ त । जब मान्छेका दिन सक्किए भने कसरी सक्किँदा रैछन भन्ने कुरा नेपालका पुराना दलका नेताहरका हबिगतले मज्जाले देखाछ । सत्तासयलाँ रहँदा मात्रै हाे मान्छ्या चुरीफुरी सत्ता गयाे त सब चिज गयाे भन्या यै त हाेला । शक्तिमा नभएछि सबैले लखेडदा रैछन भन्ने कुरा त ऐले बल्ल आएर बुझियाे गाँठे । देशाँ जेनजी आन्दोलन के आउनुथ्याे त्याे आन्दोलन त यिनै ३५ बर्षसम्म आँखा चिम्म गरेर डकार्ने नेताहरका विरुद्ध मात्रै आकाे जस्ताे लायाे के । प्रधानमन्त्रीबाट वलिलाई लखेटालखेट पार्ने बित्तिकै देउबाकाे बिचल्ली अनि यै बिचल्लीकाे माैका पारेर काँग्रेसका महामन्त्री भनाउँदा गगन थापाकाे गुठबन्दि अनि विशेष महाधिवेशन ८४ प्रतिसतकाे समर्थन भनेर गगन थापा पाटि सभापति अनि त देउवाकाे सभापति सहित देउबा पक्षका नेतालाई ठाडाे उठनै नसक्ने गरेर पदाट बर्खास्त अनि गुठबन्दिले गलस्त भाकाे काँग्रेस भित्र रुवाबासी शुरु । अनि ती देउवाका मैदानका खेलाडि जतिलाई मैदानाट साेरसार पारेर फाल्ना लागि यश अघि काँग्रेसपाटिका नाममा लिएकाे सदस्यता जति सब खारेज अनि जेनजी काईदाले काँग्रेसका पुराना कुनै पनि कुरा नमानेर नयाँ सिराट पाटि सन्चालन भन्दै लागेका गगन र विश्व प्रकाशले अब काँग्रेस नि पुरै जेनजी भनेर लागेछि नेपालकाे पुरानाे पाटि काँग्रेस समेत सक्किएकाे छ ।याे देशाँ दाेश्राे पाटिका रुपाँ जन्म्या एमालेनि जेनजीमै परिणत गर्न एमालेका नेताहरु लागि पर्या देख्खियाे ।” याे समय मुना चियाकाे हाे ” भनेझै अब पाटिहरुनि जेनजीकै हुन । माैकैमा जेनजीकाे पाटि भनेर जन्म्या हुनाले रास्वपाले देशाँ दुई तिहाइ ल्याएर देशाँ सरकारसितै नेताहरकाे भागाभाग गराउँदैछ । पाटि हैनकि पाटिका पुराना नेतालाई छानिछानि शिकारगर्ने दाउमा बालेन सरकार लागि रा बेला । एमालेका केही नेता मिलेर वलिलाई अध्यक्षाट राजीनामा गर ! भनेर लागेछि अब त्याे पाटिनि जेनजीलेनै खाने जस्ताे देखियाे । दुई दलभित्र यै उकुसमुकुसकाे अबस्था भित्र्याबेलाँ भने देशकाे सबैभन्दा कान्छाे पाटि जाे दुई तिहाई मतलेर सरकार चलाईरा छ अनि उही देशकाे जेठाे पाटि बनेर चितवनाँ जेठाे (पैलाे) महाधिवेशन गर्दैछ । त्याे पनि हिजाेसम्म पाटिकाे कुनै सिध्दान्त र नीतिविना जन्मिएर ऐले सरकार बनाउन पुग्दा विपक्षिले तपाईंको पाटिकाे नीति र सिध्दान्त केहाे याे पाटिकाे अन्तिम लक्ष्य केहाे भनेर सदनाँ केरकार गरेछि काँग्रेस पाटिकाे सिधान्त ,नीति र लक्ष्य लाई फाेटाेकपिका रुपाँ रास्वपाले नीति लिने रे भन्ने सुन्न आछ । यदि साच्चिकै नेपाली काँग्रेसले लिएकाे सिध्दान्त लिएर रास्वपा राजनीतियाँ हाेमिने हाे भने याे पाटिनि काँग्रेस पाटि जस्तै भष्टाचार र बेथितिकाे डङ्गुर बन्नेत हाेला किन भने ऐले घण्टीका नेता बन्याजति सब्बै हिजाे त्यै काँग्रेस एमाल्याट आकै जमा त छ । पुराना दलहरु आफ्नै नेताहरुका कारण सिध्दिने अनि नयाँदल पुरानै दलकाे नीति अख्तियार गर्दा ढिलाेचाँडाे सिध्दिन्यै बाटाँ जाने हुन भने याे देशाँ आउने दिनाँ हुने केहाे अनुमानै गर्न नसकिने भैयाे । पाटियाँ चुनाब जितेर आका पैलाेदल ,काँग्रेसका नेताकाे हालत हाम्ले हेरिसकिम अब दाेश्राे दल एमालेका नेता जाे भारीभरकम मतले चुनाब जित्याथे तिनलाई पाटि अध्यक्षाट घाेक्रेठ्याक लाएर निकाल्न जाेडताेड चल्दैछ । बिचरा वलिकाे एक्लाे मुट्ठि कसाईले कतिन्जेल अध्यक्ष मै हुम भनेर जाेडताेड गर्न सक्लान र ? ! याे समय भनेकै जेनजीकै रैछ । लाईक,कमेन्ट र फलाेकाे भराँ चल्ने यस्ताे अचम्मकाे राजनीति अनि राम भक्त हनुमानकाे जस्ताे पाराले आफ्नाे नेताले जे भन्याे त्यैँ तालि ठाेक्ने यस्ताे अचम्मकाे खेलाँ सबैले टिक्न मुस्किलै पर्ला ! छाँटकाँट हेर्दा जेनजीकाे खेलाेनि लामाे समय टिक्ला जस्ताे देखिन्न । बिना विपक्षिकाे सरकार चलनउन पाएछि जसाेजसाे बालेन उसैउसै स्वाहाबाहेक अरु हुनेवालै छैन । बालेनले जाँ टेक्याे त्यैँ प्वाल पार्ने र अरु त्याे प्वाल नाघेर जानै नसक्ने भएछि अरु सबकाे उठिबास लाग्ने त त्यसै भैगाेनि ! भनेछि जेनजीले त तिन्टैदलाँ ( एमाले,काँग्रेस ,रास्वपा) कब्जा जमाउनसम्म जमाउने पाे देखियाेत ! त्यसैले वलिजी भाे अब तपाईं नि याे खेलाँ नलाग्नाेस बरु देउबालाईनि बाेलाउनुस तपाईंहरु दुईटै भएर ४ धामतिर लाग्नाेस यसमै कल्याण छ अबकाे राजनीति तपाईंहरुकाे बसाँ छैन ।
” बिरसिक्का “






