बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक ७० हजार आम्दानी  

कैलाली, २७ जेठ । 

गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन् । सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उहाँले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न सफल भएका छन् ।

रावलले बङ्गुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा रु सात हजारसम्ममा बिक्री गर्छन । बङ्गुरका पाठापाठी बिक्रीबाट मात्रै मासिक रु एक लाख ५० हजारसम्मको कारोबार हुने गरेको उनले बताए । उनले सबै खर्च कटाएर मासिक रु ७० हजार बचत गर्ने गरेको सुनाउनुभयो । बङ्गुर खोरको दैनिक हेरचाह उनका बुबा र आमाले गर्दै आउनुभएको छ भने बजार व्यवस्थापन र बिक्री वितरणको जिम्मेवारी आफैँले सम्हाल्दै आएका छन् ।

बङ्गुरका पाठापाठी कैलाली–कञ्चनपुरलगायत पहाडी जिल्लामा समेत बिक्री हुने गरेका छन् । बङ्गुरपालनसँगै उहाँले ब्रोइलर कुखुरापालन व्यवसाय पनि सञ्चालन गर्दै आएको बताए । गाउँघरमै अवसर खोजेर मिहिनेत गर्नसके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गरे ।

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक ७० हजार आम्दानी  

यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू 

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक ७० हजार आम्दानी  

भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन

Leave a comment

Your email address will not be published. Required fields are marked *