जुम्लामा चरेससहित युवक पक्राउ

गाेल्डेन बुढा

जुम्ला,६ बैशाख ।

जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित जुम्ला बजारको मुख्य, कृष्ण मन्दिर नजिकबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो १८ वर्षीय अभिषेक सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको साथबाट १.६० ग्राम चरेस र नगद ३३ हजार बरामद गरिएको प्रहरीले जनाएको छ।डीएसपी रबिन बाबु रेग्मीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, लागूऔषध नियन्त्रण तथा रोकथामका लागि यस्ता गतिविधिविरुद्ध कडाइका साथ कारबाही गरिने पनि प्रहरीले जनाएको छ।

जुम्लामा चरेससहित युवक पक्राउ

सम्पादकीय : पैसा दिएर राउटेको जीवन रक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *