घुयँत्राे:“नेता खोज्दा खोज्दै दल नै हरायो : काँग्रेसको नयाँ रणनीति !”

काँग्रेस पाटि चलाउने बाला हुन कि वृध्द यिनरकाे हातबाट अब राजनीति हुँदैन भन्ने कुरा फेरि प्रमाणित गरेर देखाए । याैटा जाबाे संसदिय दलकाे नृता चुन्न नसक्नेले के काे सुध्रिएकाे काँग्रेस भनेर वनतालाई बेबकुफ बनाउँदै हिँडने । आँफुलाई सँधैभरि देशकाे पहिलाे प्रजातान्त्रिक दलका नेता हुम् भनेर गुड्डि हाँक्दै हिँडनेले अरुदलले संसदिय दफकाे नेता चुनेकाे दुई साता वित्दानि त्याे जाबाे संसदिय दलकाे नेता चुन्न नसक्ने र आफ्नो पाटिका माननीय आफ्नो कब्जाँ राख्न नसक्ने हाे भनेनि के काे अध्यक्ष भै खानु तनि । माननियहरलाई आफ्नाे ग्रिपमा राख्न सकिन्न कि अर्काकाे मान्छेलाई किन नेता बनाउने भन्ने बिचारले गर्दा त हाेला संसदियदलकाे नेता चुन्न नसक्या । चाहे पाटि संगठनका विभाग गठन गर्ने कुरा हाेस वा भातृ संगठनकाे नेता चुन्ने कुरा हाेस कुनै पनि गतिविधि समयमा नगर्ने र सबै चिज बिग्रिएछि त्यसलाई सपनर्न खनेज्नेमात्रै नियतले गर्दा काँग्रेस पाटि सामान्य पाटिका शुभचिन्तकहरुकाे लागि टाउकाे दुखाईकाे विषय बनेकाेछ । सत्तामा कसरी जाने आफन्तलाई कसरी नियुक्ति दिलाउने र भष्टाचार गर्ने त्याे भन्दा बेग्लै कुनै साेच नभएका पाटिका नेताहरुका कारण देशमात्रै बिग्रेनकि कार्यकर्ता तथा नेताहरुमा समेत पाटिप्रति वितृष्णा फैलिरहेकाेछ । देशमा जेनजी आन्दोलनका नाममा त्यत्राे विद्रोह र विध्वंस भयाे कैंयाैँ नेताहरुका घर खाेजिखाेजि जलाए र देशमा अरबाैँकाे क्षति भयाेभने ७६ जनाले त सहादत समेत प्राप्त गरे तर पनि काँग्रेसीहरुमा कुनै चेत खुलेकाे छैन । यस्ताे अबस्थामा सबैजना एक भएर जानू पर्ने ठाउँमा काेहि विशेष अधिवेशनकाे नेता भनेर हिँड्याछन त काेहि आफ्नो बर्खास्तगीलाई गैर कानुनी भन्दै हिँडि रहेकाछन ।र जनताका माझ मजाकका पात्र बनी रहेकाछन ।” हिङ नभएनि हिङ बान्या टालाे ” भन्ने उखानलाई बेचेर खाई रहेका काँग्रेसका नेताहरुलाई अब त्याे पुरानाे हाउगुजी देखाएर जनताले पत्याउन्नन, हामीले केही नयाँ गरेर जानू पर्छ हैन भने यी नयाँ पाटिले अब पूराना पाटिलाई गरि खान दिनेवाला छैनन जुन कुरा फागुन २१ काे चुनाबले देखाई सकेकाेछ भन्ने कुरा पनि काँग्रेसीहरुमा हेक्का छैन । समयसँगै दलीय साेच र नेताकाे साेचमा परिवर्तन आउनु पर्छ । याे प्रविधिको युगमा सँगै चल्न सकिँदैन भने नेतृत्व हस्तान्तरण गरेर पाटिलाई जनचाहना अनुकुल बनाएर जानू पर्छ भन्ने कुरालाई पटक्कै नस्विकार्नालेनि चुनाबमा पाटि नराम्ररी बढारियाे । र,पनि नेताहरुमा अँझै सत्वुध्दि नपलाएकाे देख्दा सर्वसाधारण नागरिक समेत अब यिनिहरुबाट पाटि सन्चालन हुन सक्दैन भन्ने निस्कर्षमा पुगि सकेका छन यसकारण नि अर्काे चुनाबमा जनता काँग्रेसकाे पक्षमा ऐलेकाे जतिपनि बस्ने देखिदैन । देश र जनताकाे समृद्धिका लागि केही गर्ने भन्दापनि आफू र आफ्नो परिजारकाे समृद्धि कसरी गर्न सकिन्छ भन्ने साेचसितै जीवनभर आँफुले मात्रै नेतृत्व गर्न पाउँ र कसैलाई पनि आफ्नो उत्तराधिकारी बन्न नदिने हठका साथ अघि बढने काँगेस नेतृत्वको कारण पनि काँग्रेस भित्र कार्यकर्तामा बितृष्णा पैदा भएकाे देखिँदैछ । कुनै कुरापनि समयमा नगर्ने काँग्रेसले यसपटकपनि समयमा संसदियदलकाे नेता नचुन्नुलाई अनाैठाे नमानाैँ र बिस्तारै देशबाट सिध्धिँदै गरेकाे कुरामानि अनाैठाे नमानम् । काँग्रेस प्रवृति भनेकै यैहाे र यसमानै गुठबन्दिकाे खेल माैलाउँछ ।






