धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

दाङ ,२९ फाल्गुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ ।
राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो ।
उहाँले देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।‘यो ठाउँको महिमा धेरै छ । स्वस्थानी व्रतकथामा आधारित यो स्थान पवित्र भूमि हो । यहाँ पर्यटकहरूको आवागमन बढाउन सकिन्छ,’उहाँले भन्नुभयो–‘प्रदेश सरकारले यहाँसम्म आउने सडकलाई सधैं सञ्चालनयोग्य बनाउन बहुवर्षीय योजनामा राखेर काम गर्छ । साथै मन्दिरको जीर्णोद्धार र संरक्षणमा पनि विशेष ध्यान दिइनेछ ।’
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताउनुभयो । उहाँले कार्यसम्पादनका आधारमा राप्ती गाउँपालिका देश तथा जिल्लामै उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोडेर प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले युवाहरूको चाहनाअनुसार खेल पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन तथा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख नित्यनन्द शर्मा, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीलगायतले पनि कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विश्वकर्माले गर्नुभएको थियो ।
*देविकोट दर्शन दौड: पुरुषतर्फ अर्जुन बुढा र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम*
राप्ती गाउँपालिका स्थापना दिवसका अवसरमा आयोजित प्रथम खुला पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ ।

प्रतियोगितामा अर्जुन बुढाले २५ मिनेट ४४ दशमलव ७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ दशमलव ६ सेकेन्डका साथ दोस्रो तथा जुम्लाकै युवराज बुढा ३६ मिनेट ५१ दशमलव ९ सेकेन्डमा तेस्रो स्थानमा रहनुभयो । त्यस्तै तुलसीपुरका विशाल कुमार महत ४० मिनेट ०४ दशमलव २ सेकेन्डमा चौथो, गोरखाका सञ्जय श्रेष्ठ ४१ मिनेट १७ दशमलव ३ सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पाल ४१ मिनेट १७ दशमलव ५ सेकेन्डमा छैटौँ स्थानमा रहनुभयो ।
महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपानेले ४८ मिनेट ०३ दशमलव ०१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गर्नुभयो । कर्णालीकी कल्पना बुढा ५० मिनेट ३९ दशमलव ०३ सेकेन्डमा दोस्रो तथा जुम्लाकी सन्देवा बुढा ५२ मिनेट २४ दशमलव २ सेकेन्डका साथ तेस्रो स्थानमा रहनुभयो ।

यसैगरी जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ दशमलव १ सेकेन्डमा चौथो, सुदूरपश्चिमकी सरस्वती भट्टराई ५८ मिनेट ०६ दशमलव ४ सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिमा बुढा ५९ मिनेट २१ दशमलव ६ सेकेन्डमा छैटौँ स्थानमा रहनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको थियो ।

धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

घुयँत्राे:“जनताले झापड हान्दा जितेको सत्ता, अब घमण्डले

धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

जुम्लाका उम्मेदवारले गरे चुनावी खर्चकाे विवरण सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds