सेभ द चिल्ड्रेनद्वारा ७ थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

काठमाडौं, ८ भदौं ।
कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा सेभ द चिल्ड्रेनले आइतबार ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरका ती भेन्टिलेटर कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुनेछ ।

 

सेभ द चिल्ड्रेन अन्तर्गतको ग्लोबल फण्ड प्रोजेक्टले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सात वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रेनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेट मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । ती भेन्टिलेटरहरु मन्त्रालयको प्राथमिकता अनुसार प्रयोगमा आउनेछन ।

‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्डे«न अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समुदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ,’ सेभ द चिल्ड्रेनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भने । पछिल्लो समय कोभिड–१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ ।

यसैबीच कोभिड–१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रेनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पीसीआरको नमुना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मेसिन) पनि उपलब्ध गराएको छ । यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेन सम्बन्धित संघीय मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाइ व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपाय स्वरुप मिडिया सन्देश प्रवाह गर्ने कार्यमा अग्रभागमा रहेर काम गर्दै आएको छ ।

सेभ द चिल्ड्रेनद्वारा ७ थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

जाजरकोट सदरमुकाममा निषेधाज्ञा

Leave a comment

Your email address will not be published. Required fields are marked *